चन्दन तस्करी मामिलामा त्रिलोकी प्रसाद जयसवालको घरमा छानबीन

कालचिनी: चन्दन तस्करी मामिलामा बिहीबार राती गोरुमारा वाइल्डलाइफ डिभिजनले एकजना हाँसीमारा निवासी त्रिलोकी प्रसाद जयसवाललाई पक्राउ गरेको थियोl यसपछि शुक्रबार अबेर राती जल्दापाड़ा डिभिजनका वन अधिकारीलगायत जयगाउँ एसडीपीओ एलटी भोटियाको नेतृत्वमा त्रिलोकी प्रसाद जयसवालको घरमा संयुक्त छापामारी गरिएको थियो। यद्यपि उक्त छापामारीमा केही समान उद्धार नभएता पनि आरोपी त्रिलोकी प्रसाद जयसवालविरुद्ध धेरै आरोपहरु रहेकोले छापामारी चलाएको पुलिस स्रोतले जनाएको छ।

अबेर राती पुलिस र वन विभागको वाहन लस्कर आएर छापामारी चलाउँदा हाँसीमारा क्षेत्रमा सनसनी मच्चिएको थियो। पुलिस स्रोतबाट प्राप्त जानकारीअनुसार बिहीबार राती तेलीपाड़ा मोड़ क्षेत्रबाट सिलगढ़ीबाट आईरहेको एउटा मारुती कारमा सवार कोचबिहार निवासी निर्मल दास र हाँसीमारा निवासी त्रिलोकी प्रसाद जयसवाललाई वन विभागले गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको थियोl केरकार गर्दा कोचबिहारको एउटा मलबाट एक पिकअप रातो चन्दनको काठ उद्धार गर्न वन विभाग सफल भएको थियो। यसै क्रममा हाँसीमारा निवासी त्रिलोकी प्रसाद जयसवालको घरमा शुक्रबार राती वन विभाग र पुलिसले संयुक्त छापामारी गरेको थियो। पुलिस र वन विभागले रातो चन्दनको काठ तस्करीको पुरानो रुटलाई नै काठ माफियाहरुले प्रयोग गरिरहेको र पक्रा परेकाहरुबाट अझै धेरै जानकारी खोलिन सक्ने बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement