मिथुन चक्रवर्तीलाई पाकिस्तानबाट धम्की

Mithun-Chakraborty

बलिवुडका लोकप्रिय अभिनेता मिथुन चक्रवर्तीलाई पाकिस्तानबाट धम्की आएको छ। सञ्चारमाध्यमका समाचार अनुसार मिथुनलाई पाकिस्तानका डन शहजाद भट्टीले धम्की दिएका छन् र उनलाई १५ दिनभित्र माफी माग्न भनेका छन्। यदि उनले यसो गरेनन् भने पछुताउनु पर्ने चेतावनी दिएका छन्। मिथुनलाई यो धम्की दुबईबाट आएको बताइएको छ। समाचार अनुसार केन्द्रीय गृहमन्त्री अमित शाहसँगै भाजपा सदस्यता अभियानको शुरुवात गर्न मिथुन कोलकाताको सल्ट लेक स्थित ईजेडसीसीमा आयोजित कार्यक्रममा सहभागी भएका थिए। यस क्रममा उनले तृणमूल विधायक हुमायूँ कबीरको त्यो विवादास्पद बयानको उल्लेख गरेका थिए, जसमा उनले हिन्दू-मुस्लिम अनुपातको कुरा उठाएका थिए। यसको जवाफमा मिथुनले भने, ‘म गृहमन्त्रीको अगाडि भनिरहेको छु, जो गर्नुपर्नेछ, त्यसको जिम्मा उनको हुनेछ। हाम्रो आमा भागीरथी हुन्, यसमा कसैलाई केही भन्न दिनेछैनौं। तर जसले गल्ती गर्नेछ, उसलाई माटोमा मिलाइदिनेछौं।‘ मिथुन चक्रवर्तीलाई यस वर्ष दादा साहेब फाल्के पुरस्कारले सम्मानित गरिएको छ। त्यसबाहेक, उनले तीन राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement