कन्चनजंघा फुटबल क्लब, सिलगढी बने विजयी

IMG-20241111-WA0213

गोरुबथान: बडा फागु खेल मैदानमा समपन्न स्व. शंकर सेन स्मृति नगद राशि फुटबल टुर्नामेन्ट आज भएको
रोमाञ्चक खेल केएफसी सिलगढी बनाम जर्जियन एफसी कालिम्पोङमाझ समपन्न भएको थियो।खेल अवधिभरि दुइ गोल दागेर केएफसी कन्चनजंघा सिलगढी विजयी बनेको छ। खेल सुरु भएको ६ मिनेट नबित्दै केएफसी सिलिगुढीका खेलाडी प्रणेश प्रधान (१५)एक गोल गरे।दोस्रो हाफको खेल शुरु भएको २२ मिनट पछि केएफसी कन्चनजंघा सिलगढीका खेलाडी अरुण तामाङ (१०) ले अर्को गोला गरे‌।जर्जियन एफसीले कुनै गोल गर्न सकेन। आजको खेलमा दशकदीर्घाले मनोरञ्जन लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement