सिलगढीको एउटा किराना पसलमा चोरी

Chhetriya-Samachar-1

सिलगढी: सिलगढी इस्टर्न बाईपास नजिकैको बानेश्वर मोडमा रहेको एउटा किराना पसलमा चोरीको घटना भएको छ।यस घटनाले यस क्षेत्रमा सनसनी मच्चाएको छ। चोरहरूले पसलको टिन काटेर करिब १ लाख २५ हजार नगदसहित फरार भएका छन्।आज बिहान पसल खोल्ने क्रममा चोरी भएको पसलका मालिक विश्वजित रायले बताए। पसलबाट करिब १ लाख २५ हजार नगद चोरी भएको छ। यस क्षेत्रमा केही समययता चोरीका घटना बढ्दै गएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement