असम: नगाउँका दुई पुलिस अधिकारीहरूको स्थानान्तरण

IMG-20240717-WA0003

नगाउँ: सामागुरी विधानसभा क्षेत्रमा उपचुनाउको पृष्ठभूमिमा पछिल्लो केही दिनदेखिका भइरहेका छुटपुट घटनाहरूलाई चुनाउ आयोगले गम्भीर रूपमा लिएको छ।नगाउँ जिल्लाका दुईजना पुलिस अधिकारीहरूलाई स्थानान्तरण गर्ने आदेश दिइएको छ। नगाउँ जिल्ला अपराध शाखाका अतिरिक्त पुलिस अधीक्षक पार्थप्रतिम सैकिया र कलियाबर उप-मण्डल पुलिस अधिकारी रूपज्योति दत्तालाई स्थानान्तरण गरिएको छ। आदेशमा दुवै अधिकारीहरूलाई तत्काल स्थानान्तरण तथा उनीहरूको स्थानमा चाँड़ै नयाँ अधिकारीहरूलाई नियुक्त गर्नुपर्ने उल्लेख पनि गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement