वेष्ट इण्डिजविरुद्ध दोस्रो टी२० म्याचमा ईंग्ल्याण्डको ७ विकेटले जीत

IMG-20241111-WA0206

ब्रिजटाउन: ईंग्ल्याण्डले दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा वेष्ट इण्डिजलाई सजिलैसँग ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथै ईंग्ल्याण्डले ५ वटा टी२० म्याचको सीरीजमा २-०-को बढ़त हासिल गऱ्यो। केनिंग्स्टन ओवल मैदानमा टस हारेर पहिला ब्याटिंग गर्दै आयोजक वेष्ट इण्डिजले खराब शुरुवातपछि २० ओभरमा ८ विकेट गुमाएर १५८ रन बनायो। चौथो ओभरभित्रै केवल ३५ रनमा ३ विकेटको पतनपछि कप्तान रोवम्यान पावेलले ४३ रन बनाएर टीमलाई सम्हाले। उनले ४१ बल खेलेर २ वटा छक्का र २ वटा चौका लगाए। यसबाहेक रोमारियो शेफर्डले २२ रन बनाए। निकोलस पूरन १४ रन बनाएर आउट भए। ईंग्ल्याण्डका बलरहरूमा साकिब महमूद, लियम लिविंगस्टोन र डान मौस्लेले २-२ विकेट लिए। त्यसपछि ईंग्ल्याण्डले १४.५ ओभरमै केवल ३ विकेटमा १६१ रन बनाएर सजिलै म्याच जित्यो। ईंग्ल्याण्डको पनि शुरुवात खराब रह्यो अनि ओपनर फिल सल्ट ईनिंग्सको पहिलो बलमै आउट भए। त्यसपछि जोस बटलरले विध्वंशी ब्याटिंग गरेर टीमलाई जीत दिलाए। बटलरले ४५ बल खेलेर ८३ रन बनाए। यसमा ६ वटा छक्का र ८ वटा चौका सामेल छ। यसरी विल ज्याकले ३८ रनको योगदान दिए। बटलरले ज्याकसँग दोस्रो विकेटको निम्ति १२९ रनको पार्टनरशीप गरेर ईंग्ल्याण्डलाई जीतको नजिक पुऱ्याए।

बटलर आउट भएपछि लिविंगस्टोनले ज्याकब बेथेलसँग मिलेर वेष्ट इण्डिजको हार सुनिश्चित गरे। लिविंगस्टोनले ११ बल खेलेर ३ वटा चौका र एउटा छक्काको साथ अविजित २३ रन बनाए। बेथेल ३ रनमा अविजित रहे। वेष्ट इण्डिजका बलरहरूमा रोमारियो शेफर्डले २ विकेट लिए।

About Author

Advertisement