गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले ७८औं सन्तोष ट्रफी २०२४-२५ को राष्ट्रिय फुटबल च्याम्पियनसिपमा सहभागी हुन अगरतला जान लागेका सिक्किमेली टोलीका प्रशिक्षक र खेलाडीहरूलाई शुभकामना जनाए।

सिक्किमको फुटबल टोलीप्रति आफ्नो विश्वास व्यक्त गर्दै मुख्यमन्त्रीले खेलाडीहरूलाई जोश, एकता, र खेलभावनासहित प्रतिस्पर्धा गर्न प्रोत्साहित गर्दै सिक्किमको गौरव बढाउने अपेक्षा गरे। उनले भने, ‘म उनीहरूलाई सफलताको शुभकामना दिन चाहन्छु, उनीहरूलाई समर्पणका साथ खेल्न प्रोत्साहित गर्दछु। उनीहरूले हाम्रो राज्यलाई सम्मान दिलाउन्l’ टोली राष्ट्रिय स्तरमा सिक्किमलाई प्रतिनिधित्व गर्न र च्याम्पियनसिपमा आफ्नो प्रतिभा प्रदर्शन गर्न उत्साहित र आशावादी रहेको छ। -आईपीआर










