मुम्बई: भारतका मुख्य प्रशिक्षक गौतम गम्भीरले बताएअनुसार, रोहित शर्मा पर्थमा बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको पहिलो म्याचमा नखेले उपकप्तान जसप्रीत बुमराहले टीमको कप्तानी गर्नेछन्। रोहितले निजी कारणहरूले गर्दा अष्ट्रेलियाविरुद्ध पहिलो टेस्ट म्याचको निम्ति आफ्नो उपलब्धता सुनिश्चित गरेका छैनन्। यसैकारण बुमराह यस मार्की सीरीजको पहिलो म्याचमा भारतको कप्तानी गर्ने सम्भावित दावेदारहरूमा एक थिए। पहिलो टेस्टको निम्ति नियमित कप्तान रोहितको उपलब्धता अनिश्चित रहेको हुनाले गम्भीरले उपकप्तान भएको नाताले बुमराहले टीमको अगुवाई गर्ने बताएका छन्। गम्भीरले भने, अहिलेसम्म कुनै पुष्टि भएको छैन। हामीलाई उनी उपलब्ध रहने आशा छ। रोहित उपलब्ध नरहे हामी पहिलो टेस्ट म्याचको ठीक अघि फसेला गर्नेछौं। अहिले केएल राहुल छन्। अभिमन्यु ईश्वरन छन्। हामी सर्वश्रेष्ठ एकादश उतार्ने प्रयास गर्नेछौं। उल्लेखनीय छ, बुमराहले यसअघि २०२२-मा बर्मिंघमको एजबेस्टनमा ईंग्ल्याण्डविरुद्ध पुनर्निर्धारित पाँचौं टेस्ट म्याचमा भारतको कप्तानी गगरेका थिए, जब कोविड-१९ संक्रमणले गर्दा रोहितले म्याच खेल्न सकेका थिएनन्। रोहितको अनुपस्थितिमा कप्तानको भूमिका कसले निर्वाह गर्नेछन् भन्ने प्रश्नको जवाफमा गम्भीरले भने, रोहित नखेले जसप्रीत बुमराहले कप्तानी गर्नेछन्। उनी अहिले टीमका उपकप्तान हुन् अनि उनीसँग कप्तानी गर्ने अधिकार छ।
गम्भीरले खराब फर्मसँग जुझिरहेका केएल राहुलको समर्थन गरे। उनले विशेषगरी राहुलको ब्याटिंग क्रममा कुनै पनि स्थानमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सक्ने क्षमताको सराहना गरे। मुख्य प्रशिक्षकले भने, यस्तो शृङ्खलामा हामीलाई अनुभवी खेलाड़ी चाहिन्छ। उनले शीर्ष क्रम, तेस्रो नम्बर या फेरि छैटौं नम्बरमा पनि ब्याटिंग गर्न सक्छन्। हामीलाई यस्तै प्रतिभाको आवश्यकता हुन्छ। यसबाहेक उनले वनडे प्रारूपमा विकेटकीपिंग पनि गर्छन्। यसैकारण आवश्यकता परेको समय उनी हाम्रो काममा आउन सक्छन्। विशेषगरी रोहित पहिलो टेस्टमा उपलब्ध नरहे हामीलाई राहुलको आवश्यकता पर्नेछ। उल्लेखनीय छ, भारत र अष्ट्रेलियाबीच पहिलो टेस्ट म्याच २२ नोभेम्बरदेखि पर्थमा शुरु हुनेछ। त्यसपछि दोस्रो टेस्ट ६ दिसम्बरदेखि एडिलेडमा अनि तेस्रो टेस्ट १४ दिसम्बरदेखि ब्रिसबेनमा शुरु हुनेछ। बक्सिंग डे टेस्ट म्याच २६ दिसम्बरदेखि मेलबर्नमा खेलिनेछ। सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच ३ जनवरी २०२५-देखि सिडनीमा खेलिनेछ। भारत र अष्ट्रेलियाबीच यसपाली पहिलोपल्ट ५ वटा टेस्ट म्याचको सीरीज खेलिनेछ। न्यूजील्याण्डविरुद्ध हालै घरेलु सीरीजमा ३-०-ले हारपछि भारतको निम्ति वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलमा पुग्न यी ५ वटा टेस्ट म्याच महत्त्वपूर्ण भएको छ। घरेलु सीरीजमा हारपछि भारतको अंक प्रतिशत घटेर ५८.३३ पुगेको छ। अहिले अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ। अब भारतले लगातार तेस्रोपल्ट डब्ल्यूटीसी फाइनल खेल्ने अष्ट्रेलियामा हुने सीरीजमा कम्तीमा ४ वटा टेस्ट म्याच जित्नु पर्नेछ।










