पीएम वन धन योजनाबारे सरोकारवालाहरूका लागि कार्यशाला आयोजित

IMG-20241110-WA0219

गान्तोक: आसमको राजधानी गुवाहटीमा पीएम बन्धन योजना माथि स्टेट नोडल अधिकारी साथै कार्यान्वयन एजेन्सीहरूका लागि आयोजित दुई दिवसीय क्षेत्रिय कार्याशालाको समापन भयो। गत ७-८ नोभेम्बरको दिन गुवाहटीमा सम्पन्न भएको यस कार्यक्रममा राज्यका विज्ञान एवं प्रविधि विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यशालाको पहिलो दिन ट्रिफेडका जीएमले वन धन विकास योजनाको उपलब्धि र उत्तर पूर्वी राज्यहरूमा यसको लक्ष्यबारे जानकारी गराउँदै विभिन्न क्लस्टरहरूमा प्रदान गरिएको मूल्य अभिवृद्धि प्रशिक्षणको सन्दर्भमा राज्यद्वारा वन धन विकास योजना लक्ष्य र उपलब्धिहरू र यसका परिणामहरूमाथि प्रकाश पारे। नयाँ प्रस्तावहरूमा ट्रिफेड र बनधन विकास योजना अन्तर्गत उत्पादनको बजार व्यवस्थापन आदि मार्फत मन्त्रालयको आगामी नयाँ पहलहरू बाहेक कुनै पनि बाँकी रहेका समस्याहरू हटाउन राज्य विशिष्ट मुद्दाहरूमाथिह छलफल गरियो।
कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा ट्रिफेडका प्रवन्धक निर्देशकले अहिलेसम्म गरेको कामको प्रगतिबारे जानकारी गराउनको साथै ट्रिफेडलाई विकास गर्नको निम्ति भवि,यमा गरिने योजनाहरूबारे पनि जानकारी गराए। विशेष गरेर यो योजना उत्तरपूर्वी क्षेत्रलाई लक्ष्य गरेर तयार गरिएको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement