सिलगढीमा टोटो चालकहरूको बैठक

Chhetriya-Samachar-1

सिलगढी: टोटोलाई पहिले जस्तै शहरमा चल्न दिनुपर्छ। यसै विषयमा आज नगरका टोटो चालकहरुले बैठक गरेका छन्।सहरको ट्राफिक जाम नियन्त्रण गर्न पुलिस प्रशासनले टोटोमा रुट अनुसार स्टिकर लगाएको छ। टोटो चालकहरूले टोटो सञ्चालनमा रुटमा धेरै समस्या भोग्नुपरेको गुनासो गरेका छन्। उनीहरुलाई पुलिसले पहिले दिएको रुटमा जान दिइँदैन। टोटो चालकले केही दिनअघि सहरमा यस विषयमा प्रदर्शन समेत गरेका थिए। पुलिसले टोटो चालकहरूसँग बैठक गर्ने बताइएको छ। यसअघि आज दिउँसो शहरका विभिन्न टोटो स्ट्यान्डका टोटो चालक महानन्दा नदीमा भेला भएर सभा गरेका थिए। यस बैठकमा दार्जिलिङ र जलपाईगुडी ई-रिक्शा संघका अध्यक्ष सुदीप घोष उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement