किरणचन्द्र शवदाहगृहबाट भेटियाे नवजात शिशुको क्षतविक्षत टाउको

Chhetriya-Samachar-1

सिलगढी: किरणचन्द्र शवदाहस्थल भित्रबाट नवजात शिशुको टुक्रा टुक्रा भएको टाउको फेला परेको छ। यो घटनालाई लिएर सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ ।सिलगढी नगरपालिकाको वार्ड नम्बर १ स्थित किरण चन्द्र श्मशान स्थल भित्र रहेको पानीको ट्यांकी नजिक आज बिहान स्थानीयवासीले कुकुरले नवजात शिशुको टाउकोको मासु च्यातेर खाएको जानकारी प्राप्त भएको छ। यसपछि पुलिसलाई घटनाबारे जानकारी गराइएको थियो। खबर पाएलगत्तै प्रधाननगर थानाको पुलिस घटनास्थलमा पुगेर नवजात शिशुको टाउको निकालेर उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। स्थानीयवासीका अनुसार नवजात शिशुलाई कसैले खोला किनारमा फ्याँकेको हुनसक्छ र त्यहाँबाट कुकुरले नवजात शिशुको टाउको उठाएर ल्याएको हुनसक्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement