असम: कोक्राझार एनसीसी हाफ म्याराथन १७ नोभेम्बरमा आयोजना हुने

e87a1b0d-efba-446b-a172-7095406c9296

कोक्राझार: आगामी १७ नोभेम्बरमा कोक्राझार एनसीसी हाफ म्याराथन हुन गइरहेको छ। भारतको गौरवपूर्ण एनसीसी क्याडेट्ससित दौड़िने अनुभव हासिल गर्नकोलागि विभिन्न क्षेत्रहरूबाट प्रतिभागीहरूलाई आमन्त्रण गर्दछ।
यसको आयोजन कोक्राझारमा भइरहेको छ। यस दौड़ले प्रतिभागीहरूलाई क्याडेट्ससित जोड़िने, उनीहरूको कथा सुन्ने तथा उनीहरू समक्ष आइलाग्ने चुनौती, सपना एवं महत्वाकांक्षाहरूलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्दछ।
दौड़को आयोजन पुरूष औ महिला दुवैको लागि तीन श्रेणीमा गरिनेछ- हाफ म्याराथन २१ किलोमीटर, १० किलोमीटर र ५ किलोमीटरको। शहर प्रशासनले सम्पूर्ण भारतबाट आउने मानिसहरूको स्वागतको लागि तयारी पूरा गरिसकेको छ भने कोकराझार र यस वरपर बस्ने पर्याप्त स्थान सुनिश्चित गरिँदैछ।एनसीसी क्याडेट्सको लागि यस कार्यक्रमलाई दश दिवसीय विशेष राष्ट्रिय एकीकरण शिविर (एसएआईसी)- को रूपमा आयोजना गरिँदैछ जुन १० नोभेम्बरदेखि आगामी १९ नोभेम्बरसम्म जारी रहनेछ जसमा क्याडेट्सलाई एका-अर्कासित बातचित गर्ने अि उनीहरूको परम्परा एवं रीति-थीतिहरूलाई बुझ्ने अवसर प्राप्त हुनेछ। यस कार्यक्रममा सातवटा राज्यहरूका एनसीसी क्याडेट्सद्वारा पारम्परिक औ लोक नृत्यहरूको सांस्कृतिक प्रदर्शन पनि समावेश गरिएको छ। कार्यक्रमको बारेमा अधिक जानकारी तथा पञ्जीकरणको लागि इच्छुक व्यक्तिहरूले वेबसाइट www.kokrajharnccmarathon.com मा क्लिक गर्न सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement