असम: सामागुरीमा चुनाउ प्रचार अवधि गोलीबारी

IMG-20240717-WA0003

नगाउँ: शनिवार अबेर साँझ सामागुरीको मारीपुठिखैतीमा गोली चलेको घटना अघि आएको छ।भारतीय जनता पार्टी (भाजपा)-द्वारा आयोजित एक रोड मार्च अवधि अज्ञात उपद्रवीहरूले गोली चलाए। मार्चमा विधायक जितु गोस्वामी, सुरेश बोरा लगायत भाजपाका कैयौं कार्यकर्ताहरूको सहभागिता रहेको थियो।उपद्रवीहरूले विधायक जितु गोस्वामीको वाहनमा गोली दागे। तथापि विधायक त्यो वाहनमा थिएनन्। त्यसबेला तिनी अन्य सहयोगी तथा कार्यकर्ताहरूसित मार्च गर्नमा व्यस्त थिए। गोली कुन दिशाबाट दागिएको थियो, त्यो एउटा ठूलो प्रश्न भएको छ।ज्ञात रहोस्, भाजपाको ऱ्याली मगुरीमारीदेखि लाटनी तर्फ अघि बढ़िरहेको थियो। मारिपुतिखैती पुग्नसाथ अचानक उपद्रवीहरूले गोली चलाउन थाले। यस दुर्घटनाम धेरैजना मानिसहरू घाइते भएको समाचार प्राप्त भएको छ। वरिष्ठ पुलिस अधिकारीले घटनास्थलमा पुगेर स्थितिको जायजा लिए। यस सम्बन्धमा जाँच शुरू गरिएको छ। घटनाको कारणले क्षेत्रमा तनाउ व्याप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement