रामपूरे बनबस्तीमा हाम्रो पार्टीको नारी शक्ति शाखा गठन

दार्जिलिङ: तकदाह ग्लेनर्वण समष्टि अन्तर्गत रामपूरे फरेस्ट बस्तीमा हाम्रो पार्टीको नारी शक्ति समुह गठन भएको छ। तदाह ग्लेनर्वण समष्टि अन्तर्गत रामपूरे फरेस्ट बस्तीको सार्वजनिक भवनमा हाम्रो नारी शक्ति समूहको सभामा स्थानीय मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो। सभामा हाम्रो पार्टी अनि पार्टी अध्यक्ष अजय एडवार्डसको समाजिक कार्य साथै राजनैतिक भिजनमाथि धेरै चर्चा परिचर्चा गरेपछि रामपूरे फरेस्ट बस्तीमा पनि हाम्रो पार्टीको नारी संगठन हाम्रो नारी शक्ति समुहको गठन गरियो। उक्त कमिटीमा सर्वसम्मति अनुसार अध्यक्ष नैना कला राई, सचिव बन्दना छेत्री साथै रूकुम तामाङलाई कोषाध्यक्ष चयन गरियो। हाम्रो नारी शक्ति समूहले रामपूरे फरेस्ट बस्ती क्षेत्रमा हाम्रो पार्टी अनि पार्टी अध्यक्ष अजय एडवार्डसले गर्दै आएको समाजिक कार्य साथै राजनीतिक भिजनहरूलाई घर दैलोमा पुऱ्याउने संकल्प लिए। हाम्रो नारी शक्ति समुहले सभामा हाम्रो पार्टी अनि पार्टी अध्यक्ष अजय एडवार्डसको हरेक कार्यहरूमा सक्रिया भएर अघि आउने प्रस्ताव पारित गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement