बाढीपछि प्रशासनविरुद्ध स्पेनका सर्वसाधारण आक्रोशित

00-1-Spain-1

भीषण बाढीपछि अहिले स्पेनका स्थानीय मानिसहरू प्रशासनविरुद्ध आक्रोशित बनेका छन्। शनिबार स्पेनको भ्यालेन्सियामा क्षेत्रीय प्रमुखको राजीनामा माग गर्दै हजारौं सर्वसाधारणले विरोध प्रदर्शन गरे। ‘हामी माटोले छोपिएका छौँ, तिमी रगतले छोपिएका छौ’ भन्ने नारा मानिसहरूले लगाए। अक्टोबरमा, भ्यालेन्सिया र छिमेकी प्रान्तहरूमा भीषण वर्षाका कारण आएको बाढीमा दुई सय भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो। बाढीका कारण ८० जना अझै बेपत्ता छन्। स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको प्रदर्शनकारीहरूले आरोप लगाएका छन्। प्रदर्शनको अन्त्यमा आक्रोशित प्रदर्शनकारीहरू र पुलिस बीच झडप समेत भएको थियो। भ्यालेन्सियाका मेयर मारिया जोसे क्याटालाले सामाजिक सञ्जालमा भत्किएका झ्यालका तस्वीरहरू साझा गर्दै भने, ‘तोडफोड कुनै समाधान होइन।‘ भ्यालेन्सिया सिटी काउन्सिलले पनि विरोध प्रदर्शनको क्रममा भएको तोडफोडको निन्दा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement