४०औं गवर्नर्स गोल्ड कपः खावज्वाल भेंगथार फूटबल क्लबको एकतर्फी जीत

IMG-20241110-WA0200

गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा आइतवार मिजोरमको खावज्वाल भेंगथार फूटबल क्लबले एकतर्फी जीत हासिल गऱ्यो। गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा आज खेलिएको म्याचमा खावज्वाल भेंगथार एफसी-ले आर्मी रेडविरुद्ध ५-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट लालरेम्नुआनाले ह्याट्रिक गरे। उनले दोस्रो, ३०औं र मध्यान्तर अघि इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरे। यसबाहेक लालनुनजिराले आठौं र लारिनटुंगाले ५१औं मिनटमा गोल गरे। यसरी आर्मी रेडबाट जेकबले ३९औं मिनटमा १ गोल गरे। लालरेम्नुआनालाई प्लेयर अव् द म्याच चयन गरियो। चार सालको ब्रेकपछि शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। यसमा चारवटा विदेशी टीम- ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (भूटान), रोयल फूटबल क्लब (यूएई), केडीएन एफसी (मलेशिया) र चर्च बोयज युनाइटेड (नेपाल) सामेल छन्।

यसको साथमा सिक्किम पुलिस एफटी, कालीघाट एमएस, आर्मी (रेड), खावज्वाल भेंगथार एफसी (मिजोरम), जीटीए इलेभेन (दार्जीलिङ), गान्तोक हिमालयन फूटबल क्लब (सिक्किम), पञ्जाब पुलिस एफटी, चेन्नईयन एफसी (आर), गोकुलम केरला एफसी, नर्थईष्ट युनाइटेड एफसी (आर), सुदेवा एफसी (दिल्ली) र डायमण्ड हार्बर एफसी-को टीम सामेल छन्। फाइनल २४ नोभेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement