जीर्णावस्थामा रहेको सोनादादेखि रंगमुक मुण्डा सिडर्स जाने रोडको चालकहरू र अन्यद्वारा मरमत्ति

IMG-20241110-WA0192

सोनादा: सोनादा लोकल ट्याक्सी वेलफेयर एसोसिएशन अनि रंगमुक मुण्डा सिडर्स चालक संगठनको संयुक्त पहलमा जीर्णावस्थामा रहेको सोनादाको छाईखोलादेखि रंगमुक मुण्डा सिडर्स जाने रोडको मरमत्ति गरिएको बताइएको छ। चालक दाजु भाईहरु र अन्य स्थानीयहरू मिलेर सोनादादेखि मुण्डा, रंगमुक, सिडर्स जाने बाटो जति पनि भत्किएका बाटोहरु मरम्मति गर्ने कार्य गरिएको जानकारी प्राप्त भएको छ। मुण्डा, रंगमुक सिडर्स जाने बाटो जीर्णावस्थामा रहेको साथै यस बाटोमा स्कूल जाने नानीहरु साथै जनसाधारणले धेरै कठिनाईहरु भोगिरहेका थिए। स्थानीयहरूको समस्यालाई ध्यानमा राखेर आज चालक दाजु भाईहरु र अन्यद्वारा मिलेर उक्त रोड निर्माण कार्य सम्पन्न गरिएको छ। यस कार्यमा सोनादा लोकल ट्याक्सी वेलफेयर एसोसिएशन अनि रंगमुक मुण्डा सिडर्स चालक संगठनको संयुक्त पहलमा जीर्णावस्थामा रहेको सोनादाको छाईखोलादेखि रंगमुक मुण्डा सिडर्स जाने रोडको मरमत्ति गरिएको बताइएको छ। यस मरमत्ति कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै लोकल ट्याक्सी वेलफेयर एसोसिएशनको सभापति सन्तोष तामाङ र रंगमुक मुण्डा सिडर्स चालक संगठनको सभापति महेन्द्र राईले विस्तृत रूपमा जानकारी गराउँदै यो रोड हालमा अत्यन्तै जीर्णावस्थामा पुगेको थियो र यस रोडको मरमत्तिको लागि कार्य गरिएको बताएका छन्। दुवैले यस जीर्णावस्थामा रहेको रोडको मरमत्ति कार्यमा उपस्थित सबै चालकहरू र स्थानीयहरू सबैलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement