सिलगढी: सिलगढीको किरणचन्द्र श्मशान गृहमा नवजात शिशुको विक्षिप्त अवस्थामा शिर भेटेपछि त्यहाँ हलचल मच्चियो। सिलगढीको वार्ड नम्बर १ स्थित किरणचन्द्र श्मशान स्थल भित्र रहेको पानी ट्यांकी नजिकै आज बिहान नवजात शिशुको शिरी कुकुरले खाएको स्थानीयवासीले देखे। त्यसपछि घटनाबारे पुलिसलाई जानकारी गराइयो। खबर पाएलगत्तै प्रधाननगर थानाको पुओलिस त्यहाँ पुगेर नवजात शिशुको शिर निकालेर उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा पठायो। नवजात शिशुलाई खोला किनारमा फालिएको हुनसक्ने स्थानीयको अनुमान छl पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।












