सिलगढी: मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगालको पाँच दिने भ्रमणमा आउँदैछिन्। मुख्यमन्त्री ११ देखि १५ नोभेम्बरसम्म उत्तर बंगालको भ्रमणमा हुनेछिन्। यस अवधिमा धेरै सरकारी गतिविधिसँगै मुख्यमन्त्रीले उपनिर्वाचनको प्रचारप्रसार पनि गर्नेछिन्। स्रोतका अनुसार मुख्यमन्त्रीले आफ्नो उत्तर बंगाल भ्रमणमा सिलगढी मेट्रोपोलिटन पुलिसको नयाँ भवनको उद्घाटन गर्न सक्नेछिन्। यो नयाँ भवनको नाम पुलिस भवन राखिएको छ। ६ तले भवनमा सबै एसीपी, डीसीपी, डीसीपी मुख्यालय र वरिष्ठ अधिकारीहरूको कार्यालयहरू छन्। सबै पुलिस प्रमुख एकै ठाउँमा बस्नका लागि राज्य सरकारले यस्तो पहल गरेको हो। स्रोतका अनुसार यो भवनमा प्रवर्तन शाखा र विशेष शाखाका कार्यालय रहनेछन्। नवनिर्मित भवनको काम लगभग सकिएको र उद्घाटनको प्रतिक्षामा मात्रै छ। मल्लागढी पुलिस लाइन्स, सिलगढीमा यो नयाँ भवनको काम केही वर्ष पहिले शुरु भएको थियो। राज्य सरकारको उद्देश्य सिलगढी महानगरीय पुलिसका सबै अधिकारीहरूलाई एउटै छानामुनि राख्नु थियो। विभिन्न उच्च अधिकारीका कार्यालयहरू सिलगढीका विभिन्न भागहरूमा फैलिएका छन्। जनताको समस्यालाई समाधान गर्न राज्य सरकारले सिलगढी मेट्रोपोलिटन पुलिसको सबै उच्च पदस्थ पुलिस अधिकारीहरूको कार्यालय एउटै छानामुनि बनाएको छ। तर, मुख्यमन्त्रीले यो कार्यालयको उद्घाटन कहिले गर्ने भन्ने टुंगो छैन।











