जलपाईगढी: बंगलादेशको जगद्धात्री पूजा जलपाईगढीमा आयोजना गरिएको छ। यो पूजा हेर्न उत्तर बंगालका विभिन्न भागबाट मानिसहरु आएका छन्। बंगलादेशमा धेरै वर्षदेखि चलिआएको ‘ओ पार’ बंगाली जगद्धात्री पूजा जलपाईगढीमा भइरहेको छ। जलपाईगढी शहरको अरविन्द ग्राम पञ्चायत अन्तर्गत गोमस्त पाडा क्षेत्रमा रहेको कार्तिक पालको घरमा अहिले जगद्धात्री पूजा भइरहेको छ।

कार्तिक पालको मृत्युपछि उनका छोरा कृष्ण पालले पूजाको जिम्मेवारी लिए। धेरै वर्षदेखि आफ्नो घरमा जगद्धात्री पूजा गर्दै आएका छन्। यो पुजा यहाँ ठूलो धूमधामका साथ गरिन्छ। यो पूजा हेर्न जलपाईगढी अर्थात् उत्तर बंगालका विभिन्न जिल्लाहरुबाट मानिसहरु आउने गर्दछन् र ठूलो भक्तिपूर्वक पूजा हेर्ने गर्दछन्। जगधात्री पूजाको दिन भक्तजनको ठूलो भीड लाग्ने गरेको छ।









