सिलगढीको जगद्धात्री पूजामा मानिसहरूको बढ्दो उत्साह

Screenshot_20241110_144552_WhatsApp

सिलगढी: सिलगढीमा जगद्धात्री पूजालाई लिएर जनतामा ठूलो उत्साह देखिएको छ। महाअष्टमीको राति  सिलगढी कलेज क्याम्पसमा भक्तजनको भीड देखियो। कलेजपाडा जगद्धात्री पूजाको यो चौथो वर्ष हो। यसपटक उनीहरुको विषय सतीका ५१ पीठ रहेको छ। यहाँको मूर्ति पनि चन्दननगरको २१ फिट अग्लो जगद्धात्री मूर्तिको ढाँचार्तीमा निर्माण गरिएको छ। जगद्धात्रीको मुर्ति हेर्न ठूलो संख्यामा मानिसहरु आउने गरेका छन्। यस पूजा पण्डलमा सतीका ५१ वटा पिठहरू चित्रण गरिएका छन्। भक्तजनका लागि प्रसादको पनि व्यवस्था गरिएको छ। यस पटक सिलगढीमा धेरै लोकप्रिय जगद्धात्री पूजाहरू भइरहेका छन्। ती मध्ये एक हो कलेज पाडा जगधात्री पूजा समितिद्वारा आयोजित जगधात्री पूजा। पहिलो दिनदेखि नै दर्शकको भीड लागेको छ। सबैले सबै सतीपीठको दर्शन गर्न नसकिने पूजा समितिका सदस्यले बताए। त्यसैले यसपटक उनले सतीका ५१ पीठको पूजाको विषय राखेका छन्। ताकि सबैले सतीका ५१ पीठको दर्शन गर्न सकून्। ढाकको आवाज, धूपको गन्धले पूजा मण्डलमा रमाइलो वातावरण सिर्जना गरेको छ। यो पूजा पण्डल हेर्न टाढा टाढाबाट मानिसहरु आउने गर्दछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement