भारतविरुद्ध पहिलो टेस्ट म्याचको निम्ति अष्ट्रेलियाई टीमको घोषणा

IMG-20241110-WA0144

पर्थ: अष्ट्रेलियाले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीपको जारी चक्रअन्तर्गत भारतविरुद्ध खेलिने पहिलो टेस्ट म्याचको निम्ति आफ्नो १३ सदस्यीय टीमको घोषणा गऱ्यो, जसमा दुईजना अनक्याप्ड खेलाड़ीलाई पनि सामेल गरिएको छ। भारत र अष्ट्रेलियाबीच पहिलो टेस्ट म्याच २२ नोभेम्बरदेखि पर्थमा शुरु हुनेछ। अष्ट्रेलियाई चयनकर्ताहरूले युवा ब्याटर नाथन मेकस्वीनीलाई खाली रहेको ओपनरको भूमिकामा चयन गरेको छ। यसलाई उनको उदीयमान करियरको निम्ति महत्त्वपूर्ण कदम मानिएको छ। भारत ए-विरुद्ध अष्ट्रेलिया ए टीमबाट १५६ रनको असाधारण ईनिंग्स खेल्ने मेकस्वीनीले प्रशंसक र चयनकर्ताहरूलाई प्रभावित गरेका छन्। दाहिने हातका यस प्रतिभाशाली ब्याटरले शीर्ष क्रममा देब्रे हातका उस्मान ख्वाजासँग ओपनिंग जोड़ी बनाउने सम्भावना छ।
सेतो बलको विशेषज्ञ मानिने विकेटकीपर ब्याटर जोश ईंग्लिशलाई पनि टेस्ट टीममा स्थान प्राप्त भएको छ। शेफील्ड शील्डमा प्रभावशाली प्रदर्शनपछि उनले पनि टेस्ट टीममा स्थान पाएका छन्। ईंग्लिशको आगमनपछि अष्ट्रेलियाको मीडलअर्डरमा गहिराई आएको छ, जुन पहिलादेखि नै स्टीव स्मिथको उपस्थितिले मजबूत देखिएको छ। मीडलअर्डरमा मार्नस लाबुशेन, ट्रेविस हेड र मिचेल मार्श जस्ता नियमित खेलाड़ीहरू पनि रहनेछन्। बलिंग विभागमा अधिक फेरबदल गरिएको छैन। पेस आक्रमणमा कप्तान प्याट कमिन्सको साथमा मिचेल स्टार्क र जोश हेजलवुड रहेका छन्। यी तीनजनालाई साथ दिन स्कट बोलाण्ड पनि रहनेछन्। स्पिन आक्रमणको जिम्मेवारी फेरि एकपल्ट अनुभवी न्याथन लायनमाथि रहनेछ। चयन समितिका अध्यक्ष जर्ज बेलीले भने, नाथनले घरेलु क्रिकेटमा लगातार असल प्रदर्शन गरेका छन् अनि शेफील्ड शील्डमा जोश (ईंग्लिश)-को फर्म राम्रो थियो। यस सन्तुलित टीमले हामीलाई लचिलोपन दिनेछ, जसको हामीलाई यस आकर्षक सीरीजमा आवश्यकता छ।
भारतविरुद्ध पहिलो टेस्ट म्याचको निम्ति अष्ट्रेलियाई टीमः
प्याट कमिन्स (कप्तान), स्कट बोलाण्ड, एलेक्स केरी, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, उस्मान ख्वाजा, मार्नस लाबुशेन, न्याथन लियोन, मिच मार्श, नाथन मेकस्वीनी, स्टीव स्मिथ र मिचेल स्टार्क

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement