चेयरमेन आरके वालिङद्वारा सिलगड़ीस्थित अतिथि गृह अनि गोदामको निरीक्षण

IMG-20241109-WA0215

सिलगड़ी: डेञ्जोङ एग्रिकल्चर को-ओपरेटिव सोसाइटी लिमिटेड (डीएसीएस) का नवनियुक्त चेयरमेन आर.के. वालिङले कार्यभार सम्हालेपछि पहिलोपल्ट सिलगढीस्थित डेञ्जोङ एग्रिकल्चर को-ओपरेटिव सोसाइटी लिमिटेडको अतिथि गृहको निरीक्षण भ्रमण गरेका छन्। यस अवधि उनीसँग डीएसीएसका प्रबन्ध निदेशक धिरज प्रधान अनि महाप्रबन्धक अरुण नेपाल साथमा रहेका थिए।
नवनियुक्त चेयरमेनलाई अतिथि गृहमा भव्यताको साथ स्वागत जनाइयो। यस भ्रमण अवधि प्रबन्ध निदेशक धिरज प्रधानले अतिथि गृहको स्थापनादेखि लिएर हालसम्म सञ्चालनको स्थितिबारे संक्षिप्तमा जानकारी गराए। सिलगड़ी जस्तो मुख्य स्थलमा डीएसीएसद्वारा कर सिर्जना गर्न अभिनव प्रयोग गरिएकोबारे चेयरमेन वालिङले सराहना गरे। आफ्नो पहिलो भ्रमण अवधि उनले अतिथि गृहका कर्मचारीहरूसँग कुराकानी गर्दै गुणस्तरीय अनि पूर्वाधारको उचित प्रयोग गर्न प्रोत्साहित गरे। योसँगै उनले त्यहाँको चम्पासरीमा स्थित गोदामको निरीक्षण गरे। महाप्रबन्धक अरुण नेपालले गोदाममा सेवारत अधिकारी अनि कर्मचारीहरूको भूमिका अनि जिम्मेवारीबारे जानकारी गराए। यस अवधि चेयरमेन वालिङले अधिकारी अनि कर्मचारीहरूलाई राम्रो परिणामको निम्ति सामूहिक कार्यको महत्वबारे जोर दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement