सेन्ट्रल टिबेटन एड्मिनिस्ट्रेसनका अध्यक्ष सिक्किमको आधिकारिक भ्रमणमा

IMG-20241109-WA0212

गान्तोक: सेन्ट्रल टिबेटन एड्मिनिस्ट्रेसन (सीटीए) का अध्यक्ष पेम्पा छिरिङले अहिले चार दिवसीय सिक्किमको आधिकारिक भ्रमणमा छन्। उनले आगामी ११ नोभेम्बरसम्म विभिन्न स्थानको भ्रमण गरेर विशिष्ट व्यक्तिहरुलाई भेटने कार्यक्रम छ। उनको यो दोस्रो आधिकारिक सिक्किम भ्रमण हो। उनको भ्रमणको मुख्य उद्देश्य गान्तोक र अन्य स्थानमा बस्ने तिब्बती समुदायका मानिसहरुसँग अन्तर्क्रिया गर्ने रहेको छ। यसबीच उनले माइङडोलिङ गुम्बाको उद्घाटन समारोहमा भाग लिनेछन्। उनले यो भ्रमण तिब्बती जनतालाई भेट्न मात्र नभई उनीहरुको समस्या बुझ्न र सम्बोधन गर्न आफू यहाँ आएको बताएका छन्। पेम्पा छिरिङले भारतमा तिब्बती समुदायको कल्याण र सुधारका लागि गरेका प्रयासहरूको बारेमा संक्षिप्त जानकारी पनि दिए। भ्रमणको क्रममा उनले अरुणाचल प्रदेश, मेघालय असम आदिको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement