टीएनएमा राज्यस्तरीय कला उत्सव आयोजित

IMG-20241109-WA0221

गान्तोक: समग्र परियोजना कार्यालय, र सिक्किम सरकारको शिक्षा विभागको पहलमा राजधानीस्थित टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा राज्यस्तरीय कला उत्सव कार्यक्रम आयोजचना गरियो। सो कार्यक्रममा राज्यका शिक्षा विभाग मन्त्री राजु बस्नेत मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस अवसरमा राज्यका १०६ वटा विद्यालयबाट कूल ३७४ विद्यार्थीले सहभागिता जनाएका थिए, जसमा २१२ जना कन्या विद्यार्थी र १६२ जना किशोर विद्यार्थीहरू सामेल रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री राजु बस्नेतले राज्यभरिका विभिन्न विद्यालयका विद्यार्थीहरूको प्रस्तुति हेर्नु पाउँदा खुशी व्यक्त गरे। उनले विद्यार्थीहरुलाई उत्साहका साथ उत्कृष्ट प्रदर्शन गरेकोमा बधाई दिए। प्रारम्भमा, उनले कार्यक्रमले राज्यमा विद्यार्थीहरूको कलात्मक प्रतिभालाई पोषण गरेर शिक्षामा कलालाई कसरी बढावा दिन्छ भन्ने कुरामा जोड दिए। विद्यार्थीहरूलाई आफ्नो सीपलाई थप विकास गर्न प्रोत्साहित गर्दे उनले आफ्नो प्रतिभालाई कम हुन नदिन आग्रह गरे। यसअघि एडी क्षेत्रीले आफ्नो स्वागत मन्तव्यमा कला उत्सवको उद्देश्य उनीहरूको समग्र विकासको लागि कलात्मक सीपलाई बढावा दिने कार्यक्रमको रूपमा रहेको प्रकाश पारे। यस दिनले विद्यार्थीहरूलाई आफ्नो कलात्मक प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दछ। यो विद्यार्थीहरूको लागि कला र सांस्कृतिक विविधता अन्वेषण र उत्सव मनाउने एउटा मञ्च रहेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement