दिग्गज यान जेलेज्नीको प्रशिक्षणमा खेल्न तयार नीरज चोपड़ा

IMG-20241109-WA0222

नयाँ दिल्ली: दुईपल्टका ओलम्पिक पदक विजेता नीरज चोपड़ाले शनिवार महान ज्याभलिन थ्रो एथलीट यान जेलेज्नीलाई आफ्नो नयाँ मुख्य प्रशिक्षक नियुक्त गरे। तीनपल्टका ओलम्पिक र वर्ल्ड च्याम्पियनको साथमा वर्तमान वर्ल्ड रेकर्ड धारक चेक रिपब्लिकका जेलेज्नी लामो समयदेखि नीरजको आदर्श रहेका छन्। नीरजले नयाँ प्रशिक्षकको घोषणा गर्दै भने, मैले वाल्यकालदेखि नै उनको भीडियो हेर्दै आएको छु। म उनको तक्निक र सटीकताको प्रशंसक रहेको छु। उनी सालौंसम्म आफ्नो खेलमा सर्वश्रेष्ठ रहे। उनीसँग काम गर्नु असाधारण अनुभव हुनेछ। जेलेज्नीको साथ पाउनु मेरो निम्ति सम्मानको कुरा हो कारण म अहिले आफ्नो करियरको अघिल्लो स्तर तर्फ बढ़िरहेको छु। म उनीसँग अभ्यास शुरु गर्न उत्साहित छु। साल १९९२, १९९६ र २०००-को ओलम्पिक खेलहरूमा स्वर्ण पदक विजेता जेलेज्नीले जर्मनीमा ९८.४८ मीटरको थ्रो गरी वर्ल्ड रेकर्ड बनाएका थिए, जुन अहिले पनि कायम छ। जेलेज्नी यसअघि जाकुब वादलेच र वितेजस्लाव वेस्लीको पनि प्रशिक्षक रहेका थिए। उनले २ पल्टका ओलम्पिक र ३ पल्टका वर्ल्ड च्याम्पियन बारबोरा स्पातोकोवालाई पनि प्रशिक्षण दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement