गवर्नर्स गोल्ड कपमा जीटीए इलेवेनको निराशाजनक हार

IMG-20241109-WA0201

गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा शनिवार गान्तोक हिमालयन स्पोर्टिंग क्लबले जीत हासिल गऱ्यो। गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा आज खेलिएको म्याचमा गान्तोक हिमालयन स्पोर्टिंग क्लबले जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन) इलेवेनविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट म्याक्सवेलले ६९औं र ८०औं मिनटमा २ गोल गरे। अन्य एउटा गोल ओंगदा लेप्चाले २६औं मिनटमा गरे। यसरी जीटीए इलेवेनबाट विशाल लामाले पेनल्टीबाट गोल गरे। चार सालको ब्रेकपछि शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। यसमा चारवटा विदेशी टीम- ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (भूटान), रोयल फूटबल क्लब (यूएई), केडीएन एफसी (मलेशिया) र चर्च बोयज युनाइटेड (नेपाल) सामेल छन्।

यसको साथमा सिक्किम पुलिस एफटी, कालीघाट एमएस, आर्मी (रेड), खावज्वाल भेंगथार एफसी (मिजोरम), जीटीए इलेभेन (दार्जीलिङ), गान्तोक हिमालयन फूटबल क्लब (सिक्किम), पञ्जाब पुलिस एफटी, चेन्नईयन एफसी (आर), गोकुलम केरला एफसी, नर्थईष्ट युनाइटेड एफसी (आर), सुदेवा एफसी (दिल्ली) र डायमण्ड हार्बर एफसीको टीम सामेल छन्। फाइनल २४ नोभेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement