दार्जीलिङ: दार्जिलिङमा १८औँ अन्तर विद्यालय बाल म्याराथन आयोजना गरिएको छ। गोर्खा बास्केटबल एसोसिएशनद्वारा ४ वटा वर्गमा विभाजित उक्त १०/११ किलोमिटर दौडमा नेपाली कन्या विद्यालय स्व. खार्की कुमारी छेत्री अनि आरकेएसपी स्कूल स्व. पीएस लामा च्यालेञ्ज ट्रफी हत्याउन सफल बनेका पीपी लामाले जानकारी दिएका छन्।

कार्यक्रमका विशिष्ट अतिथि विकरन फाउण्डेशन प्रमुख विक्रम राईले पनि यस रोड रनिङमा सहभागिता जनाएका थिए भने यस्तो कुरोमा फाउण्डेशनले जहिले पनि सहयोग गरिरहने बताए।
