खरसाङ: आज सोनादा अनि रंगबुल बीच दार्जीलिङदेखि डाउन सिलगढी जाँदै गरेको टोइ ट्रेनले अचानक लिक छोड़ेको कारण केहीबेर समस्या उत्पन्न भयो। आज बिहान प्राय: दश बजी दार्जीलिङबाट सिलगढ़ीतर्फ गइरहेको उक्त ट्रेनले यहाँको सोनादा नजिक प्राय: साढ़े दशबजी लिक छोड़दा ट्रेनमा सवार यात्रीहरूलाई समस्या भएको थियो। यद्यपि स्थितिलाई सामान्य बनाउन रेल कर्मचारीहरूले निक्कै परिश्रम गर्नु पर्यो। यस सन्दर्भमा आरएस सिंग, सिटीआई, एनजेपीले जानकारी दिँदै बिहान दश बजी दार्जीलिङबाट सिलगढीतर्फ हिँड़ेको टोय ट्रेन यसरी यहाँ लिक छोड़ेको अवगत गराउँदै यद्यपि यस घटनाका कोही पनि यात्रीहरूलाई चोट-पटक नलागेको बताए।