मङ्पु सर्कल स्तरीय अन्तर प्राथमिक पाठशाला हाजिरी जवाब प्रतियोगिता सम्पन्न

IMG-20241109-WA0190

मङ्पु: आज मङ्पुको आदर्श ग्राम ७४ स्थित अगमसिहं गिरी सार्वजनिक भवनमा जीटीए शिक्षा विभागद्वारा मङ्पु सर्कल स्तरीय अन्तर प्राथमिक पाठशाला हाजिरी जवाब प्रतियोगिता सम्पन्न भयो। मङपू सर्कलका जम्मा १४ वटा प्राथमिक पाठशालाहरूमाझ सम्पन्न भएको उक्त प्रतियोगितामा क्रमैले लाब्दा खास प्राथमिक पाठशालाका छात्र राजदीप राई, रञ्जुभेल्ली प्राथमिक पाठशालाका छात्रा सानिया राई दोस्रो अनि राँची स्मारक प्राथमिक पाठशालाका छात्र अभि राई तेस्रो भएका छन्। यी तीनजना विजयी प्रतियोगीहरूले अब आगामी १४ नोभेम्बरमा दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनमा आयोजन हुने जीटीए स्तरीय हाजिरी जवाब प्रतियोगितामा भाग लिनेछन्।

आजको कार्यक्रमको अध्यक्षता भूतपूर्व प्रधान शिक्षक डीएस प्रधानले गरेका थिए भने मङपू सर्कलका एसआई उत्तमकुमार रोय, जिल्ला पाठशाला परिषदका सदस्यहरू क्रमैले शिशिर राई, सुदेश थापा अनि मुन्ना पाखरिन उपस्थित थिए। यसबाहेक हिल तराई प्राथमिक शिक्षक सगंठनका क्षेत्रीय प्रतिनिधिहरू, ग्राम पञ्चायतका सदस्यहरू तथा विभिन्न पाठशालाका शिक्षकहरू उपस्थित रहेका थिए। आजको प्रतियोगिताको निर्णायकहरू क्रमैले रूपास बम्जन, विवेक छेत्री अनि शरण गुरूङ रहेका थिए भने प्रतियोगिताको सञ्चालन विवेक दाहाल, श्रवन छेत्री र सुदेश थापाले गरेका थिए।

मङपु क्षेत्रको हाजिरी जवाब प्रतियोगिताको संयोजकको रुपमा लाट-सिटोङ शाखाका टाँसी छिरीङ लेप्चा अनि विवेक दाहालको पनि विशेष उपस्थिति रहेको थियो।
जीटीएले यसवर्ष प्राथमिक पाठशालाका विद्यार्थीहरूको निम्ति सराहनीय पहल गरेको उल्लेख गर्दै आयोजक समितिको पक्षबाट जीटीएका प्रमुख कार्यपाल अनित थापा अनि शिक्षा विभागका सभासद राजेश चौहानलाई आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement