सोनादा: भूतपूर्व सैनिक वेलफेयर एसोसिएशन पचेङ शाखाको आयोजनामा फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको छ। यस विषयमा आज भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनद्वारा पत्रकार सम्मेलन बोलाएर ओक्स चियाबारीको खेल मैदानमा ओपेन फुटबल टुर्नामेन्टको आयोजना गरिने भएको जानकारी गराएका छन्। उक्त पत्रकार सम्मेलनमा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशन पचेङ शाखाको ओननेरी कप्तान एनसी राई, सुबेदार सुमन राई, नायक सुबेदार निरपा छेत्री, हवल्दार मदन लिम्बु, हवल्दार माईकल गुरुङ, नायक बीबी थापा आदि उपस्थित रहेका थिए। उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुबेदार क्याप्टन एनसी राईले उक्त फुटबल टुर्नामेन्टमा बिजेता दललाई आकर्षक ट्रफीसहित १ लाख ५० हजार र उप विजेता दललाई आकर्षक ट्रफिसहित १ लाख रूपियाँको नगदराशि पनि प्रदान गरिने भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै ओनरेरी कप्तान एनसी राईले संगठन गठन भएको २५ वर्षको अवसरमा फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको जानकारी गराएका छन्। उनले यो फुटबल टुर्नामेन्ट आगामी ८ दिसम्बरदेखि ओक्स चियाबारीको खेल मैदानमा आयोजना गरिने जानकारी गराएका छन्।