कर्मयोगी सप्ताह: भारतीय लोक सेवामा आजीवन सिक्ने संस्कृतिलाई प्रज्ज्वलित गर्नु

00-1-PM-Modi-copy-2

भारतका निजामती कर्मचारीहरूलाई सशक्त बनाउनु: ज्ञान र उत्कृष्टताको एक नयाँ युग

नयाँ दिल्ली: १९ अक्टोबरदेखि २७ अक्टोबर, २०२४ सम्म एक सप्ताहको लागि भारतका सरकारी कर्मचारीहरू कर्मयोगी सप्ताह, एक राष्ट्रिय शिक्षण सप्ताह पहलको माध्यमद्वारा सिक्ने र विकासको एक असाधारण यात्रामा एक साथ आए। यो केवल पाठ्यक्रम पूरा गर्ने बारेमा मात्र थिएन- यो एक आन्दोलन थियो जसले विभागहरूका लोक सेवकहरूलाई पेशेवर उत्कृष्टता र व्यक्तिगत विकासको उनीहरूको साझा खोजमा नजिक ल्यायो। कर्मयोगी सप्ताहको माध्यमद्वारा सरकारी कर्मचारीहरू – सबैभन्दा युवा अधिकारीदेखि लिएर वरिष्ठ अधिकारीहरूसम्मले अघि आएर परिवर्तनशील संसारको लागि आफ्नो कौशल र मानसिकतालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पहिलो सार्वजनिक मानव संसाधन योग्यता मोडेलको लञ्च गरे: कर्मयोगी योग्यता मोडल, जसले स्वदेशी ज्ञान प्रणालीबाट प्रेरणा लिन्छ र प्रत्येक कर्मयोगी अधिकारीहरूलाई आफ्नो कार्यस्थलमा अपनाउने र लागू गर्नका लागि प्रमुख संकल्प (समाधान) र गुण (सद्गुण) हरूलाई विस्तार गर्दछन्। जति पनि मानिसहरूले भाग लिए, उनीहरूका लागि कर्मयोगी सप्ताह एक मानक सरकारी कार्यक्रम जस्तै कम र ज्ञानको पर्व जस्तो लाग्यो। मन्त्रालयदेखि मन्त्रालयसम्म, सबै स्तरमा कर्मचारीहरूले आफ्नै दैनिक दिनचर्यादेखि बाहिर निस्केर यस अवसरलाई अपनाए, सिक्नुको लागि मात्र होइन, तर जिज्ञासा र संलग्नताको संस्कृतिलाई बढावा दिनका लागि अघि आए। यो सप्ताह सिकाइको पर्व बन्यो, जहाँ सरकारी कर्मचारीहरू, प्रवेश स्तरका कर्मचारीहरूदेखि लिएर वरिष्ठ संयुक्त सचिवहरूसम्मले शिक्षाको माध्यमबाट उत्कृष्टता हासिल गर्न एक साझा मिशन साझा गरे। यस पहलले सहभागीहरूले पाठ्यक्रम मात्र पूरा गरेनन्, तर निरन्तर सिकाइ र आत्म-सुधारप्रति आफ्नो मानसिकता परिवर्तन गरेको देखे।

कर्मयोगी सप्ताहका हरेक तथ्यांकको पछाडि समर्पण र प्रेरणाको कथा लुकेको छ। एक वरिष्ठ अधिकारी, जसलाई आफ्नो व्यस्त कार्यक्रमका जानिन्छ, उनीहरूले उदीयमान प्रविधि र आधुनिक शासन पाठ्यक्रमहरूका लागि समय समर्पित गरे। यो व्यक्तिगत प्रतिबद्धता उनीहरूका साथीहरूसँग प्रतिध्वनित भयो, यसले के देखाउँछ भने हरेक स्तरमा बढ्ने चाहनाले नै भारतको लोक सेवालाई बलियो बनाउँछ। धेरै सहभागीहरूले कसरी यो सप्ताहले नयाँ सम्भावनाहरूका लागि उनीहरूको दिमाग खोल्यो, उनीहरूको कौशललाई बलियो बनायो र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूलाई सहकर्मीहरूसँग अर्थपूर्ण तरिकामा जोडेको कुरा साझा गरे। सिकाइको प्रत्येक पूरा गरेको घण्टा एक तथ्याङ्क मात्र होइन, तर अधिक चुस्त, सूचित शासनको लागि एक कदम थियो।

कर्मयोगी सप्ताहको प्रभाव यसको सङ्ख्यामा स्पष्ट छ- ४५.६ लाख पाठ्यक्रममा नामांकन, ३२.६ लाख पूर्णता र ३८ लाखभन्दा अधिक सिकाइको घण्टाको साथ यो आयोजनले ठूलो मात्रामा, प्रभावकारी सिकाइ पहलहरूको लागि एक उदाहरण कायम गर्‍यो। यस सप्ताह ४.३ लाख सहभागीहरूले कम से कम चार घण्टा सिक्नका लागि समर्पित गरेका थिए, जबकि ३७, ००० ग्रुप ए अधिकारीहरूका साथ साथै धेरै वरिष्ठ अधिकारीहरूले पेशेवर विकासलाई प्राथमिकता दिए। २३,८०० भन्दा अधिक मानिसहरूले नयाँ सिकाइको लागि चार वा यसभन्दा अधिक घण्टा समर्पित गरे, जसले के दर्शाउँछ भने सिक्नेप्रति प्रतिबद्धता शीर्षबाट शुरु हुन्छ। राष्ट्रिय शिक्षण सप्ताहको अवधिमा लोक सेवकहरू बीच ऊर्जा र प्रतिबद्धता प्रस्टै देखिन्थ्यो- औसत दैनिक पाठ्यक्रम पूरा भएको संख्या सप्ताहभन्दा पहिला स्थिर ४०,००० बाट बढेर असाधारण ३.५५ लाखमा पुग्यो, जुन यो पहलले सरकारी कार्यबलमा उत्साहको प्रमाण हो।

यसमा सामेल सबै मानिसहरूका लागि यो पहल केवल घण्टा वा पूर्णताभन्दा धेरै अधिक थियो- यो लोक सेवाको भविष्यको लागि एक साझा दृष्टिकोणतिर जानीबुझी कदम उठाउने बारेमा थियो। राष्ट्रिय शिक्षण सप्ताहको अवधिमा सबैभन्दा बेसी पूर्णता भएका केही पाठ्यक्रमहरू हुन्, विकसित भारत २०३४७ को अवलोकन, जसमा ३.८ लाखभन्दा अधिक पूर्णता थिए, स्वच्छता ही सेवा २०२४ जसमा १.५ लाख पूर्णताहरू थिए अनि जनभागिदारी, जसमा ४४,००० भन्दा अधिक पूर्णताहरू थिए। नागरिक-केन्द्रित शासन, डिजिटल प्रवाह र भारतीय ज्ञान प्रणालीमा केन्द्रित विषयवस्तुहरूको साथ, कर्मयोगी सप्ताहले २५० भन्दा अधिक सामूहिक चर्चा र विचारक अनि विशेषज्ञहरूका साथ वेबिनारमा कर्मचारीहरूलाई सामेल गरेर अगाडि बढायो। जीवन्त चर्चाहरूको माध्यमद्वारा सहभागीहरूले नयाँ अन्तर्द़ृष्टि र उपकरण प्राप्त गरे, जसले तिनीहरूलाई द्रुत रूपमा विकसित संसारमा शासनको भविष्यको लागि तयार पारिरहेका थिए।

२१ अक्टोबर, २०२४ मा राष्ट्रिय शिक्षण सप्ताहमा भारतीय दिवस वेबिनार शृङ्खला आयोजन गरियो। विभिन्न क्षेत्रका प्रतिष्ठित वक्ताहरूले भारतीय ज्ञान प्रणाली (आईकेएस), सभ्यतागत विकासमा आफ्नो विचार साझा गरे तथा परम्परागत ज्ञान र आधुनिक आविष्कारहरू बीचको सम्बन्धको बारेमा विस्तृत जानकारी दिए। राष्ट्रिय शिक्षण सप्ताहको अवधिमा केही प्रमुख वक्ताहरूमा गुरुदेव श्री श्री रविशङ्कर (विषय: तनाउ मुक्त जीवन जिउने रहस्यहरू), डा एम के श्रीधर (विषय: राष्ट्रिय शिक्षा नीति), डा सौम्या स्वामीनाथन (विषय: भारत जन स्वास्थ्य, विकसित भारततर्फ), सिस्टर बी.के. शिवानी (विषय: एक सचेत कार्य संस्कृतिको निर्माताः नेता र टोलीका लागि रणनीतिहरू), क्रिस गोपालकृष्णन (विषय: मेकिंग इण्डिया एन आर एण्ड डी सुपरपावर) र आईकेएस वक्ताहरू, डेविड फ्राउली, राघव कृष्ण र अमृतांशु पाण्डे र अन्य सामेल थिए। कर्मयोगी सप्ताहको समापनका साथै यसको प्रभाव बलियो बनेको छ। देशभरिमा सरकारी कर्मचारीहरू अहिले राम्रोसँगले तयार छन्, अधिक संलग्न छन् र आधुनिक शासनका चुनौतीहरूको सामना गर्नका लागि आवश्यक ज्ञानले सुसज्जित छन्। कर्मयोगी सप्ताहको सफलताले निरन्तर सिकाइको प्रतिबद्धताले करियरलाई मात्र होइन राष्ट्रको अगाडिको मार्गलाई पनि आकार दिन सक्छ, एक समयमा एक सशक्त लोक सेवकको सम्झना हो। कर्मयोगी सप्ताह ज्ञान, समानुभूति र उत्कृष्टताका साथ भारतको सेवा गर्ने उनीहरूको समर्पणलाई सम्मान गर्दै आफ्ना सार्वजनिक सेवकहरूको निरन्तर वृद्धिमा लगानी गर्दा के सम्भव छ भन्ने कुराको शक्तिशाली अनुस्मारकको रूपमा खडा हुन्छ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement