यसपाली तीनधारेमा गत वर्षको आयोजक समितिद्वारा फूलपाती समारोह आयोजना नगरिने

खरसाङ: तीनधारेको फूलपाती समारोह समितिको सभा समितिको अध्यक्ष सुरेन बम्जनको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा विभिन्न विषयहरूमा चर्चा परिचर्चा गरिएको छ। विशेष गरी यसपाली गत वर्ष झैं अराजनैतिक रुपमा समारोह समितिले नै यसपाली पनि फूलपाती समारोह आयोजना गर्ने भनिएको भए पनि यसपाली तीनधारे महानदी समष्टि स्तरीय रूपमा नै जीटीएको तर्फबाट नै फूलपाती समारोह आयोजना गर्ने जानकारी भएकोले यसपाली यस समितिले फूलपाती समारोह आयोजना नगर्ने भएको छ। सभामा सर्वसहमतिद्वारा पारित गरी यसपाली तीनधारेमा यस समितिको आयोजनामा फूलपाती समारोह नहुने निर्णय गरिएको छ। यय विषयमा फूलपाती समारोह समितिको सचिव उत्तम शर्माले जानकारी गराए अनुसार गत वर्षकै समारोह समितिको आयोजनामा यसपाली पनि तीनधारेमा फूलपाती समारोह आयोजना गर्ने निर्णय लिएका थियौं अनि यसको लागि केही समय अघि यसपालीको फूलपातीको लागि पहिलो सभा पनि बसेका थियौं। तर यसपाली जीटीएद्वारा नै तीनधारे महानदी समष्टि स्तरीय फूलपाती समारोह आयोजना गरिने जानकारी प्राप्त भएकोले हामीले पछि हट्ने निर्णय लिएको र यसको लागि सभामा सर्व सहमतिद्वारा निर्णय गरी यसपाली यो समितिको आयोजनामा फूलपाती समारोह आयोजना नगर्ने निर्णय गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement