सिलगढी: भारत-नेपाल सीमामा नक्कली आधार कार्ड बनाएको आरोपमा पुलिसले विशेष छापा मारेर एक जनालाई पक्राउ गरेको छ। उनको नाम सोनाई सरकार बताइएको छ। पुलिस स्रोतका अनुसार नेपालका नागरिकको पैसाको बदलामा नक्कली आधार कार्ड बनाउने कारोबार भइरहेको गोप्य सूचना पाएपछि नक्सलबारी पुलिसले सिलगढी डिभिजनको खोरीबारीस्थित बतासीको बडाराजोमा रहेको अनलाइन सेन्टरमा छापा मारेर कम्प्युटर, हार्डडिस्क, प्रिन्टर बरामद गरेको छ। आज पक्रा परेका सोनई सरकारलाई सिलगढी महकुमा अदालतमा पेश गरियोl पुलिस स्रोतहरूका अनुसार पक्राउ परेका सोनई सरकारलाई २ अक्टोबर, २०२३ मा फाँसीद्वारमा एक बंगलादेशीको भारतीय परिचयपत्र बनाएको मामिलामा पक्राउ गरिएको थियो। नक्सलबारीका एसडीपीओ नेहा जैनले आज पत्रकार सम्मेलनमा गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा यो कारबाही गरिएको बताइन्। उक्त अनलाइन सेन्टरमा केही नेपालका नागरिक थिए जसले पैसाको सट्टामा नक्कली आधार कार्ड बनाउन अनुमति दिएर संकलन गर्न गएका थिए। यो नक्कली आधार कार्डहरू मूल रूपमा सीमा पार गर्न सजिलो बनाउन सिर्जना गरिएको हो भन्ने विश्वास गरिन्छ। उनले बंगलादेश र नेपालका नागरिकलाई यो चक्रमा नपर्न चेतावनी दिइन्। पुलिसले आरोपीलाई हिरासतमा लिएर यस चक्रमा अरु को को संलग्न छन् भन्ने बारेमा सोधपुछ गर्ने भएको छ।