सोनादा: अाज बन्सल कम्पनी अधीनस्थ रहेको मुण्डाकोठी चियाबारीमा सातवटा पार्टीहरूको संयुक्त ट्रेड युनियनको गेट मिटिङ सम्पन्न भएको छ। सातवटा पार्टीको ट्रेड युनियनहरूका को-अर्डिनेशन कमिटीको संयुक्त गेट मिटिङ मुण्डाकोठी चियाबारीमा सम्पन्न भएको छ। उक्त गेट मिटिङपछि पत्रकारहरूलाई सम्बोधन गर्दै को-अर्डिनेशन कमिटीको सचिव बासु छेत्रीले सम्बोधन गर्दै आज सातवटा राजनैतिक पार्टीको ट्रेड युनियनहरूको को-अर्डिनेशन कमिटीको संयुक्त गेट मिटिङ मुण्डाकोठीमा भएको बताएका छन्। उनले यो गेट मिटिङ बन्सल कम्पनी अधीनस्थ रहेको १० वटा चियाबारीहरू बन्द रहेको कारणले बन्सल कम्पनीको विरोधमा यो गेट मिटिङ गरिएको बताएका छन्। उनले बन्सल कम्पनीले बन्द रहेको दशवटा चियाबारीका श्रमिकहरूलाई खर्च र तलब मात्रै होइन तर अन्य धेरै सुविधाहरू दिएको छैन। अहिले दशवटा बगानहरू बन्द छ र चियाबारी श्रमिकहरूले दु:ख पाईरहेका छन् भनी बताएका छन्। बासु छेत्रीले हामीले बगान बन्द भएको फेसबुकबाट याद पाएको बताउँदै अहिले आएर हामीले याद पायौं कि यो बन्द मालिक पक्षबाट नभएर कुनै एक राजनैतिक दलको युनियनले गरेको भन्ने याद पायौं र कुरा बुझेपछि अहिले हामीले कम्ती श्रमिकहरू लिएर भए पनि काम गरिहेका छौं भनी बताएका छन्।

त्यसरी नै पत्रकारहरूलाई सम्बोधन गर्दै सीपीआईएमको ट्रेड युनियनको रेजिना राईले हामी दार्जिलिङ चिया उद्योगलाई बचाउन प्रयास गरिरहेका छौं र हाम्रो भनाई यो छ कि कुनै पनि आन्दोलनले चियाबारी श्रमिकहरूलाई दु:ख नहोस्, दशैंको समयमा श्रमिकहरूलाई घाटा नहोस् भनी बताइन्। उनले हामीलाई अान्दोलनमा सहयोग गरेन भनेर नभनोस् किनभने पहिलो सभामा हामी कसैलाई बोलाएन बरु एउटै राजनैतिक पार्टीको युनियन बसेर निर्णय लिएको छ जुन हामी मान्दैनौं भनी बताएका छन्।

उनले अघि भनिन् -‘एउटा मात्र श्रमिक संगठनले लिएको निर्णय हामी मान्दैनौं, बन्सल कम्पनीले बगान चलाउन सक्दैन भने सरकाले चलाउनपर्छ र यदि बन्सल कम्पनीको लिज खारेज गरिए श्रमिकहरू बिचल्नीमा पर्नु हुँदैन।’