महँगाइ विरुद्ध कांग्रेस सडकमा ओर्लियो

Screenshot_20241109_115923_WhatsApp

जलपाईगढी: दिनप्रतिदिनको  बढ्दो महँगाइको विरोधमा कांग्रेस सडकमा ओर्लिएको छ। समाचार अनुसार आज पनि बजारमा सब्जीको मूल्य आकाशिएको छ। जलपाईगढीको बोअलखाला बजार र दिनबजार लगायतका बजारमा  फूलपोकी प्रतिकिलो ७० देखि ८० रुपियाँ, बन्दाकोपी ५० देखि ६० रुपियाँ, प्याज ९० देखि १०० रुपियाँ, आलु प्रतिकिलो ३५ देखि ४० रुपियाँमा बिक्री भइरहेको छ। धेरै पटक प्रशासनिक अधिकारीले भने पनि मूल्य घटाइएको छैन। सब्जी मात्र होइन, माछा, मासु, अण्डा र तोरीको तेल लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा भएको अत्यावश्यक वृद्धिको विरोधमा पश्चिम बंगाल प्रदेश कांग्रेसले बजारमा प्रदर्शन गरे। शनिबार बिहान कांग्रेस नेता र जिल्ला कांग्रेसका कार्यकर्ताहरूले जलपाईगढीको दिनबजारमा विरोध प्रदर्शनमा भाग लिए।

About Author

Advertisement