डरबन: भारतीय क्रिकेट टीमका विकेटकीपर ब्याटर सञ्जु सेमसनले दक्षिण अफ्रिकाविरुद्ध शुक्रवार राति खेलिएको पहिलो टी२० इण्टरनेशनल म्याचमा विध्वंशी शतक बनाए। सेमसनले म्याचमा ५० बल खेलेर १०७ रन बनाए। यो उनको टी२० इण्टरनेशनल क्रिकेटमा लगातार दोस्रो शतक हो। यसको साथै उनी टी२० इण्टरनेशनलको इतिहासमा लगातार २ वटा म्याचमा शतक बनाउने विश्वका चौथो अनि भारतका पहिलो ब्याटर बने। सेमसनले यसअघि गत महिना बंग्लादेशविरुद्ध टी२० सीरीजको तेस्रो म्याचमा पनि शतक बनाएका थिए। टी२०आई-मा यसअघि फ्रान्सका गस्तव म्याकन, दक्षिण अफ्रिकाका राइली रुसो र ईंग्ल्याण्डका फिल सल्टले लगातार २ वटा टी२० म्याचमा शतक बनाएका थिए। सेमसनले शुक्रवार आफ्नो शतकीय इनिंग्समा ७ वटा चौकाको साथमा १० वटा छक्का पनि लगाए। यसरी उनी भारत र दक्षिण अफ्रिकाबीच खेलिएको कुनै पनि टी२० म्याचमा सर्वाधिक छक्का लगाउने ब्याटर बने। उनले यस मामिलामा राइली रुसो र सूर्यकुमार यादवलाई पछि छोड़े। यी दुईजनाले भारत-दक्षिण अफ्रिकाबीच म्याचमा ८-८ वटा छक्का लगाएका थिए। यसरी सेमसनले बनाएको १०७ रन भारत र दक्षिण अफ्रिकाबीच टी२०आई म्याचमा कुनै पनि ब्याटरको सर्वाधिक स्कोर हो। यसअघि डेविड मिलरले २०२२-मा गुवाहटीमा खेलिएको म्याचमा अविजित १०६ रन बनाएका थिए।
म्याचको कुरा गर्दा किंग्समीड डरबनमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनायो। ओपनर अभिषेक शर्मा केवल ७ रन बनाएर आउट भए अनि त्यस समय स्कोर केवल २४ रन रहेको थियो। त्यहाँबाट सेमसनले असाधारण ब्याटिंग गर्दै टीमलाई विशाल स्कोरसम्म पुऱ्याए। उनले कप्तान सूर्यकुमार यादव (२१ रन)-सँग दोस्रो विकेटको निम्ति ६६ अनि तिलक वर्मा (३३ रन)-सँग तेस्रो विकेटको निम्ति ७७ रनको पार्टनरशीप गरे। तिलकले १८ बल खेलेर ३ वटा चौका र २ वटा छक्का लगाए। शतक पूरा गरेपछि सेमसन १६औं ओभरमा आउट भए। त्यसपछि भारतले तिलक, हार्दिक पाण्ड्या र रिंकू सिंहको विकेट लगातार गुमाउँदा अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाउन सकेन।

दक्षिण अफ्रिका बलरहरूमा गेराल्ड कोएत्जीले सर्वाधिक ३ विकेट लिए। त्यसपछि २०३ रनको लक्ष्यलाई अघि राखेर खेल्दै दक्षिण अफ्रिकी टीम १७.५ ओभरमा १४१ रन बनाएर अलआउट भयो। भारतीय स्पिनरहरूले लगातार विकेट हासिल गरी आयोजक टीमको सातो खाए। दक्षिण अफ्रिकाको तर्फबाट हेनरिख क्लासेनले २५, कोएत्जीलले २३ र रेयान रिकेलटनले २१ रन बनाए। भारतीय बलरहरूमा वरुण चक्रवर्ती र रवि बिश्नोईले ३-३ विकेट हासिल गरे। यसरी २ विकेट आवेश खानले लिए।