ब्रिजटाउन (बारबाडोस): क्रिकेट वेष्ट इण्डिजले पेस बलर अल्जारी जोसेफलाई ईंग्ल्याण्डविरुद्ध तेस्रो वनडे इण्टरनेशनल म्याचको अवधि फील्डिंगको सजावटलाई लिएर कप्तान शाई होपसँग सार्वजनिक रूपले असहमति जनाएकोमा २ वटा म्याचको निम्ति निलम्बित गरेको छ। वेष्ट इण्डिजले बुधवार तेस्रो वनडे म्याचमा ईंग्ल्याण्डलाई ८ विकेटले पराजित गरी ३ वटा म्याचको सीरीज २-१-ले जितेको थियो। त्यस म्याचको अवधि जोसेफले फील्डिंगको सजावटलाई लिएर कप्तानको फसेलामा असहमति जनाएका थिए अनि केही समयको निम्ति मैदान छोड़ेर गएका थिए। जोसेफ र होपबीच चौथो ओभर अघि लामो बहस भएको थियो। समय बर्बाद भएको देखेर अम्पायरहरूले खेल शुरु गर्ने आग्रह गर्नु परेको थियो। ओभरको अवधि एउटा बलमा अफ् साइडमा शट् लागेपछि जोसेफले होपमाथि रिस देखाएका थिए। ओभर पूरा भएपछि उनी मैदान छोड़ेर गएका थिए तर केही समयपछि मैदानमा फर्किएका थिए। क्रिकेट वेष्ट इण्डिजले पछिबाट जोसेफको व्यवहार तय मानदण्डहरू अनुरूप नरहेको बताएको थियो। बोर्डका क्रिकेट निदेशक माइल्स बास्कोम्बेले भनेका छन्, अल्जारी जोसेफको व्यवहार क्रिकेट वेष्ट इण्डिजको तय मानदण्डहरू अनुरूप थिएन। यस प्रकारको आचरणलाई स्वीकार गरिनेछैन। यसैकारण हामीले कार्वाही गरेका छौं। जोसेफले पनि आफ्नो गल्ती स्वीकार गरेर होप र क्रिकेट वेष्ट इण्डिजसँग माफी मागेका छन्। वेष्ट इण्डिज र ईंग्ल्याण्डबीच अब शनिवारदेखि ५ वटा टी२० म्याचको सीरीज खेलिनेछ।