नीरज चोपड़ाले दक्षिण अफ्रिकामा ३१ दिन ट्रेनिंग गर्ने

IMG-20241109-WA0090

नयाँ दिल्ली: पेरिस ओलम्पिकका रजत पदक विजेता भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा यस महिनाको अन्तमा दक्षिण अफ्रिका जानेछन्, जहाँ उनले ३१ दिनसम्म ट्रेनिंग गर्नेछन्। नीरज आउँदो साल हुने प्रतियोगिताहरूको तयारी शुरु गर्ने उद्देश्यको साथ पोचेफस्ट्रूम जानेछन्। नीरजले टोक्यो ओलम्पिकमा स्वर्ण पदक जिते पनि यस साल पेरिस ओलम्पिकमा आफ्नो खिताब बचाउन सकेका थिएनन्। ओलम्पिकमा २ पल्टको पदक विजेता नीरजले अन्तिमपल्ट सेप्टेम्बरमा डायमण्ड लीग फाइनलमा हिस्सा लिएका थिए। दक्षिण अफ्रिकामा नीरजको ट्रेनिंगको खर्च खेल मन्त्रालयले वहन गर्नेछ। मन्त्रालयद्वारा जारी बयानमा भनिएको छ, नीरजले चाँड़ै ट्रेनिंग शुरु गर्नेछन् अनि ३१ दिनसम्म पोचेफस्ट्रूममा रहनेछन्। नीरजको ट्रेनिंगको खर्च खेल मन्त्रालयले वहन गर्नेछ। यसमा नीरज अनि उनको फिजियोथेरेपिस्टको निम्ति दक्षिण अफ्रिकामा बस्ने, खानपीन र ट्रेनिंगको खर्च सामेल हुनेछ।
नीरजले टोक्यो र पेरिस ओलम्पिक अघि पनि धेरैपल्ट पोचेफस्ट्रूममा ट्रेनिंग गरेका थिए। उनले जनवरी २०२०-मा त्यहाँ एउटा प्रतियोगितामा पनि हिस्सा लिएका थिए, जुन विश्वभरि कोविड-१९ महामारी फैलिनु ठीक अघि भएको थियो। नीरजलाई यस साल अधिकांश समय नै फिलाको मांसपेशीको चोटले सतायो। यसले गर्दा पेरिस ओलम्पिक र डायमण्ड लीग फाइनलमा उनको प्रदर्शन पनि प्रभावित भयो। यस चोटबाट मुक्ति पाउन उनले यस सीजनको अन्तमा डाक्टरको परामर्श लिएर सर्जरी गराउने बयान पनि दिएका थिए। टोक्योमा स्वर्ण पदक जितेको ३ सालपछि पेरिस ओलम्पिकमा रजत पदक जित्ने यस स्टार एथलीटले भनेका थिए, यो साल मलाई चोटले सतायो तर अहिले चोट ठीक छ। म नयाँ सीजनको निम्ति सम्पूर्ण रूपले फिट छु। नीरज हालै जर्मनीका प्रशिक्षक क्लास बार्टोनिट्जसँग अलग भएका थिए। जर्मनीका प्रशिक्षकले पारिवारिक कारणहरूले गर्दा भारतीय एथलीटसँग ५ सालको साझेदारीलाई समाप्त गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement