दीपा राई र नीलम गुरुङलाई परिचय साहित्य महोत्सवमा निम्तो

photocollage_20241190740299

गान्तोक: सिक्किमका स्थापित कविद्वय दीपा राई र नीलम गुरुङ (प्रथम पोएट आइडल) लाई ओडिशाको भुवनेश्वरमा आयोजना भइरहेको ‘परिचय साहित्य महोत्सव-२०२४’ मा निम्तो गरिएको छ। यस महोत्सवमा कविद्वयले ‘बहुभाषिक काव्य पाठन’ विषयमा सिक्किमलाई प्रतिनिधित्व गर्नेछन्।
तीन दिवसीय महोत्सव आज, ८ तारिकदेखि शुरू भएको छ भने आगामी १० नोभेम्बर, २०२४ मा समापन हुने जानकारी परिचय साहित्य महोत्सवका मुख्य सल्लाहकार डा. पाणि मोहन्तीले निमन्त्रणा पत्रमा उल्लेख गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement