गान्तोक: विद्या भारती (अखिल भारतीय शिक्षा संस्थान) सिक्किमका संयोजक मोहन शर्माले आफ्नो विद्यालय प्रवासको योजना अन्तर्गत गत ६ र ७ नोभेम्बरका दिन विभिन्न विद्यालयहरूको गरे।भ्रमणको मुख्य उद्देश्य विद्यालयको गुणस्तरीय शिक्षा, विद्यालयको व्यवस्थापन, आगामी २५ नोभेम्बरदेखि शुरू हुने वार्षिक परीक्षा, १३-१४ दिसम्बर, २०२४ मा हुने विद्यालयको वार्षिक अनुष्ठान, आगामी वर्षको योजना, छात्र संख्या वृद्धिको निम्ति पहल, आचार्य प्रशिक्षण आदि विषयहरूमाथि विद्यालय सञ्चालन समितिसॅंग बैठक गरेर चर्चा गर्नु रहेको उनले बताएका छन्।यस क्रममा संयोजक शर्माले विद्या भारती सिक्किमका पदाधिकारीहरू गरेका छन्। यसरी नै सामदुङ सरस्वती विद्या निकेतनका आचार्याहरूसॅंग पनि बैठक गरेर विद्यालयको विकासको बारेमा विस्तारपूर्वक चर्चा गरे। विद्या भारतीको संस्कारयुक्त, गुणस्तरीय शिक्षाको स्थानीय अभिभावकहरू निकै प्रभाव परेको उनले बताएका छन्। उनले सबैको सकारात्मक सहयोगको बलमा विद्या भारती सिक्किमले गुणस्तरीय कार्यलाई अगाडि बढाउन सफल बनिरहेको बताएका छन्।उक्त बैठकलाई संयोजक शर्माले अध्यक्षता गरेका थिए। बैठकमा विद्यालय सञ्चालन समिति तथा आचार्य-आचार्याहरूको सहभागिता थियो। बैठकमा विभिन्न विषयहरूमाथि छलफल गर्दै प्रस्तावहरू पारित गरेको छ। आगामी वर्ष २०२५ मा हुने छात्र संख्या वृद्धि विषय उपाय एवं आचार्य आचार्यको योजना को विषयमा छलफल गरियो। आगामी वर्ष २०२५ देखि विद्यालयमा छात्र-छात्रा वृद्धि गर्नका लागि लेप्चा भाषाको निम्ति शिक्षक राख्ने र पढाउने विषयमा छलफल गरियो।
यसरी नै आगामी दिसम्बर महिनाको १३ र १४ तारिक विद्यालयमा वार्षिक कार्यक्रम मनाउने विषयमा छलफल राख्दै उक्त कार्यक्रममा शिक्षामन्त्री राजु बस्नेतलाई मुख्य अतिथिको रुपमा निमन्त्रणा गर्ने सल्लाह गरियो। आगामी वर्षको जनवरी महिनामा हुन गइरहेको शिक्षक प्रशिक्षणको विषयमा छलफल गर्दै उक्त प्रशिक्षण सरस्वती विद्या निकेतन, सामदुङमा गर्ने निश्चय गरियो।