गान्तोक: सिक्किमको राजधानीको सिच्छेमा घरेलु कामदारहरूले बहुमूल्य गर-गहना र नगद चोरी गरेर भागेको घटना प्रकाशमा आएको छ। आरोपीहरू विरुद्ध सदर थानामा प्राथमिकी दर्ता गरिएको छ।
पुलिस रिपोर्ट अनुसार, सिच्छे निवासी एक महिलाले आफ्ना घरेलु कामदारहरू देव सुनार र नेहा सुनार विरुद्ध घरमा चोरी गरेको आरोपमा शिकायत दर्ता गरेकी छन्। गत बुधवार राति आरोपीहरूले ९४,००० रूपियॉं मूल्यको गर-गहना र तीन लाख रूपियॉं चोरी गरेर भागेको आरोप पीड़ित महिलाले लगाएकी छन्।पुलिसले आरोपीहरू विरुद्ध बीएनएसको धारा ३०६/३०५ (ए)/३(५) अन्तर्गत मामिला दर्ता गरेर खोजी शुरू गरेको छ।