नाम्ची जिल्लाले पालन गऱ्यो जल उत्सव

IMG-20241108-WA0267

नाम्ची: नाम्ची ब्लकले स्थानीय जलस्रोतको व्यवस्थापन र संरक्षणलाई अभिवृद्धि गर्ने उद्देश्यले जल उत्सव पालन गऱ्यो।
यस कार्यक्रमले समुदायका सदस्यहरूलाई १० ग्राम पञ्चायत एकाइहरूमा जल सम्पदा को संरक्षण र मर्मतमा संलग्न गरायो।
यस कार्यक्रममा ५० भन्दा बढी घरले सक्रिय सहभागिता जनाउँदै जलस्रोतको संरक्षणमा आफ्नो प्रतिबद्धता प्रकट गरेका थिए। कार्यक्रममा जल उत्सव शपथ समावेश थियो, जहाँ सहभागीहरूले आफ्नो दैनिक जीवनमा पानी संरक्षण र दिगो उपयोगको लागि जिम्मेवारी लिने वाचा गरे। पानीको मुहान संरक्षण गर्न प्रतिवद्ध रहेको र समुदाय भित्र सामूहिक दायित्व साथै जिम्मेवारीको भावनालाई बढावा दिने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो। यस पहलले स्थानीय बासिन्दाहरूलाई यस अत्यावश्यक स्रोतको संरक्षणमा सक्रिय रूपमा सहभागी हुन सशक्तिकरण गर्दै थप दिगो पानी व्यवस्थापनको दिशामा एक पहलको रूपमा काम गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement