गेजिङ: गेजिङको जिल्ला स्तरीय परामर्श समितिको एक बैठक आज अतिरिक्त जिल्लापाल सुरेश राईको अध्यक्षतामा सम्पन्न भयो। यस बैठक आयोजना गरिनुको मुख्य उद्देश्य यस भन्दा अघि सम्पन्न बैठकमा लिएको निर्णय र लाक्ष्य प्राप्तिको समीक्षा गर्नु रहेको थियो। बैठकमा जिल्लामा सञ्चालित व्याङ्कहरूको प्रदर्शनबारे समीक्षा गरियो,जसमा ऋण प्राथमिकता र गैर-प्राथमिकता क्षेत्रमा भएका उपलब्धि, एमएसएमई क्षेत्र, प्रधानमन्त्री रोजगार सृजना कार्यक्रम (जस्ता सरकारद्वारा प्रायोजित योजनाहरू) लाई विशेष जोड दिएर जिल्लाका व्याङकहरूको समग्र कार्यसम्पादन समीक्षामा केन्द्रित भएको थियो। यस अतिरिक्त छलफलमा बचत र स्व-सहायता समूह, किसान क्रेडिट कार्डको दोस्रो त्रैमासिकको उपयोग र कृषि, शिक्षा र आवास वित्त योजनाहरू जस्ता क्षेत्रहरू समावेश गरिएको थियो।
लक्ष्य पूरा गर्न नसकेका व्याङ्कहरूलाई अर्को त्रैमासिक समीक्षाद्वारा हासिल गर्ने विशेष निर्देशन र लक्ष्यहरू दिइयो। अतिरिक्त जिल्लापालले व्याङकहरूलाई आफ्ना कार्यादेशहरू पूरा गर्न र प्रक्रियाहरू सुव्यवस्थित गर्नका लागि प्रयासलाई तीव्र बनाउन आग्रह गरे, जसले गर्दा वित्तीय सेवाहरू नागरिकहरूका लागि थप पहुँचयोग्य र प्रभावकारी बनाइन्छ। वित्तीय साक्षरता शिविर र ब्लक स्तर व्याङकर्स समितिको बैठकको महत्त्वमा जोड दिँदै, उनले व्याङ्कहरूलाई जिल्लाको विकास लक्ष्यहरू अघि बढाउन स्थानीय पञ्चायतहरू, खण्ड विकास अधिकारी र अन्य लाइन विभागहरूसँग सहकार्य गर्न प्रोत्साहित गरे।