छाङ्गु झीलमा निर्मित रोप वेको सफलतापूर्वक मकड्रील

IMG-20241108-WA0264

गान्तोक: जिल्ला आपदा प्रबन्धन प्राधिकरणको पहलमा आज छाङ्गु झील परिसरमा निर्मित रोप वेको सफलतापूर्वक मकड्रील सम्पन्न भयो। उल्लेखनीय छ, छाङगु झील परिसरमा १३ हजार फुटको उँचाइमा निर्मित रोप वेको निरीक्षण गान्तोक जिल्लाका अतिरिक्त जिल्लापाल छिरिङ नोर्गायल थिङको देखरेखमा सम्पन्न भएको थियो। मक ड्रीलले निर्धारित मार्गको आधा बाटोमा अड्किएको केबिनमा वास्तविक जीवनको परिदृश्य समावेश घटनाबारे जानकारी गरायो। मकड्रीलको समयमा एनडीआरएफका अधिकारीहरूले रोपवेमा फँसेका यात्रुहरूलाई बाहिर निकाल्न पहल गरे। उद्धार गरिएका यात्रुहरूलाई घटना नजिकै खटिएका स्वास्थ्य अधिकारीहरूले तुरुन्तै उपचार गर्न लगाइयो। निकासी र उद्धारको प्रक्रिया एनडीआरएफ टोलीले यसमा संलग्न सबै प्रोटोकलहरू पछ्याएर सहज रूपमा सम्पन्न गऱ्यो।

जिल्ला आपदा प्रबन्धन प्राधिकरण र नेश्नल डिजास्टर रेस्पोन्स फोर्स र स्टेट डिजास्ट्र रेस्पोन्स फोस्रको संयुक्त पहलमा आयोजित मकड्रील कार्यक्रममा स्थानीय हितधारहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement