सिक्किम विधानसभा टोलीको अष्ट्रेलियाका ऐतिहासिक धरोहरहरुको भ्रमण

IMG-20241108-WA0262

गान्तोक: हाल अष्ट्रेलियाको आधिकारिक भ्रमणमा रहेका सिक्किम विधानसभा अध्यक्ष मिङमा नर्बु शेर्पा अनि उपाध्यक्ष राजकुमारी थापा अष्ट्रेलियाको विभिन्न ऐतिहासिक र पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन्। यस क्रममा सिड्नी हार्बरमा राष्ट्रपति बेन फ्रेन्कलिनसँग पनि भेट गरेका थिए। साथै टोलीले न्यू साउथ वेल्सस्थित लेजिस्लेटिभ काउन्सिलका प्रतिनिधिहरु र अधिकारीहरुसंग पनि भेट गरे। ६७ औँ राष्ट्रमण्डल संसदीय सम्मेलनमा भाग लिन अष्ट्रेलिया पुगेका सिक्किम विधानसभा टोलीले सम्मेलनमा महत्वपूर्ण विषयहरु राखेका थिए। सम्मेलनमा मुख्य गरि ऐतिहासिक धरोहर, पर्यटकीय तथा सांस्कृतिक सम्पदा, पर्यावरणीय, वन्यजन्तु संरक्षण, कला र सम्पदा अनि जलवायु परिवर्तनजस्ता महत्वपूर्ण विषयमाथि छलफल भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement