अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सोसियल मिडिया प्रतिबन्ध लगाउने तयारी गरिरहेको छl अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता सोसियल मिडियाले बालबालिकाहरूमा हानि पुर्याइरहेको कुरालाई प्रमुखता दिँदै १६ वर्ष मुनिका बालबालिकासम्म यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन्। प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जम्मेवारी दिएको उनले बताएका छन्l प्रधानमन्त्री अल्बानिजले नियमहरूको उल्लंघन गरे जरिवानाको सामना गर्नुपर्ने उल्लेख गरेका छन्। अष्ट्रेलिया सोसियल मिडियाको नकरात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो। प्रधानमन्त्री अल्बानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबैभन्दा महत्वपूर्ण र आमाबाबुसँग बिताउनु पर्ने उमेर भएको स्पष्ट पारेका छन्। नोभेम्बरको अन्त्यमा संसदमा पेश हुनुअघि यसका लागि कानूनहरू यस हप्ता राज्य र क्षेत्रका नेतासमक्ष प्रस्तुत गरिने भएको छ। कानून पारित भएपछि कार्यान्वयनका लागि एक वर्षको अवधि दिइनेछ। यसको प्रभावकारी कार्यन्वयनका लागि आमाबाबु तथा युवाहरू जिम्मेवार हुनेछन्।