अमेरिकाको राष्ट्रपति चुनावमा डोनल्ड ट्रम्पको जितपछि अमेरिकी केन्द्रीय ब्यांक फेडरल रिजर्भका प्रमुख जेरोम पावेलको स्थितिबारे अनिश्चितता बढेको छ। पावेलले आफ्नो बारेमा गरिएको अनुमानमा प्रतिक्रिया दिएका छन्। यदि डोनाल्ड ट्रम्प आफैंले उनलाई पद छोड्न भने पनि आफूले पद नछोड्ने पावेलले स्पष्ट गर्दै बताएका छन्। ह्वाइट हाउसले राजीनामा दिन दबाव दिनु गैरकानुनी रहेको उनको भनाइ छ। पावेलले आफ्नो बयानमा ट्रम्प प्रशासनको समयमा अमेरिकी अर्थतन्त्र कुन गतिमा बढ्छ वा उनको नीतिहरूले यसलाई कसरी असर गर्छ भन्ने अहिले नै भन्न हतार हुने पनि बताए।