गोरुबथान: बडा फागु खेल मैदानमा समपन्न स्व. शंकर सेन स्मृति नगद राशि फुटबल टुर्नामेन्ट रोमाञ्चक खेलको चौथो खेल युजिएफसी खरसाङ बनाम हेभेन्स बोय जलपाईगडी माझ समपन्न भएको थियो।खेल अवधिभरि दुइ/दुइ गोल मात्र भएपछि निर्णायकले ट्राइबेकर गरायो। यस ट्राईब्रेकरमा युजिएफसी खरसाङले ४को विरुद्ध ५ गोल दागेर जित आफ्नो नाममा गराउन सफल भए। खेल शुरु भएको एक मिनट पनि नबित्दै युकेएफसीका खेलाडी छोपेल तामाङ (१०)ले एक गोल दागेर आफ्नो दललाई नयाँ ऊर्जा थपिदिए।यसको लगत्तै १३ मिनेटमा फेरि अर्को खेलाडी श्रीजर राई(८)ले अको गोल दागेपछि खेल पुर्ण रुपमा युकेएफसीको पक्षमा गएको दर्शकले आभाष पाए।तर हाफ टाइम पछि भने हेभेन्स बोय जलपाईगुडीका खेलाडी बिक्रम(१४) ले २७ मिनेटमा एक गोल गर्न सफल भए।दुवै दल खुबै रोमान्चकसाथ खेलिरहेका थिए। लगत्तै ३० मिनट बित्दा जलपाईगुडीका खेलाडी देबा (७)ले अर्को गोल दागेर खेल बराबरीमा ल्याएपछि भने खेल झनै जोशिलो बनेर गयो।अन्तसम्म कुनै गोल हुन नसकेपछि खेल बराबरीमा समाप्त भयो।

निर्णायक मण्डलीले ट्राइब्रेकरको माध्यमबाट निर्णय लिने क्रममा युकेएफसी खरसाङ बिजयी बनेको छ। भोलिको खेल जलपाईगुडी पुलिस बनाम युनाइटेड ब्रदर्स कालिम्पोङमाझ हुनेछ।