नयाँ दिल्ली: दुरसञ्चार विभाग (डीओटी) का प्रमुख दुरसञ्चार अनुसन्धान र विकास केन्द्र सेन्टर फर डेभलपमेन्ट अफ टेलिमेटिक्स (सी-डट)ले ‘साइड च्यानल लिकेज क्याप्चर इन्फ्रास्ट्रक्चर एण्ड एनालिसिस (एससीएलसीआईए) सोल्यूसन’को विकासको लागि सीआर राव एआईएमएससीएससँग सम्झौतामा हस्ताक्षर गरेका छन्। भारतीय स्टार्ट-अप/संस्थाहरू/अनुसन्धान र शैक्षिक संस्थाहरूको लागि सी-डटको नेतृत्वमा साइड च्यानल लिकेज क्याप्चर इन्फ्रास्ट्रक्चर एण्ड एनालिसिस (एससीएलसीआईए) को सहकारी विकासको लागि सी-डट सहकारी अनुसन्धान कार्यक्रम (सीसीआरपी) अन्तर्गत यस सम्झौतामा हस्ताक्षर गरिएको छ। यस परियोजनामा क्रिप्टोग्राफिक एल्गोरिदम कार्यान्वयनको समयमा एफपीजीएबाट वास्तविक समयमा पावर प्रयोग परिवर्तनको माध्यमबाट साइड च्यानल डाटा लिकेजलाई पक्रनको लागि आधारभूत संरचना (सफ्टवेयर र सम्बन्धित हार्डवेयर निर्माण) को विकास समावेश छ।
सीआर राव एडभान्स्ड इन्स्टिच्युट अफ म्याथम्याटिक्स, स्ट्याटिस्टिक्स एण्ड कम्प्युटर साइन्स (एआईएमएससीएस) देशको पहिलो संस्थान हो जुन विशेष रूपमा क्रिप्टोग्राफी र सूचना सुरक्षा क्षेत्रमा उन्नत अनुसन्धान र उपयोगमा केन्द्रित छ। संस्थानले क्रिप्टोलोजी क्षेत्रमा ३८० भन्दा बढी अनुसन्धान पत्रहरू प्रकाशित गरेका छन्, थुप्रै प्राविधिक रिपोर्टहरू तयार पारेका छन् र सफ्टवेयर उपकरणहरू विकास गरेका छन्। यस सम्झौतामा हस्ताक्षर एक समारोहको क्रममा गरिएको थियो, जसमा सी-डटका प्राविधिक निर्देशक डा पंकज कुमार दलेला र प्रमुख अन्वेषक श्रीरामुडु र सीआर राव एआईएमएससीएसका वित्त अधिकारी बी पाण्डु रेड्डी पनि उपस्थित थिए। सी-डटका सीईओ डा राज कुमार उपाध्यायले हाम्रो देशको सञ्चारको विशिष्ट आवश्यकताहरू पूरा गर्न स्वदेशी रूपले डिजाइन र विकास गरिएको प्रविधिहरूको महत्त्वपूर्ण भूमिकामा जोड दिए र ‘आत्मनिर्भर भारत’को लागि प्रतिबद्धता पुष्टि गरे। यो सहकारी सम्झौतामा हस्ताक्षर गर्नु, आत्मनिर्भर दुरसञ्चार पूर्वाधारको दीर्घकालिक दृष्टिकोणलाई साकार पार्ने र दुरसञ्चार सुरक्षा क्षेत्रमा भारतलाई विश्वमा अग्रणी देशको रूपमा स्थापना गर्ने दिशामा महत्त्वपूर्ण कदम हो। -पीआईबी